कपिलवस्तु प्रशासनको विशेष पहलमा ३० सिलीण्डर अक्सिजन आइपुग्यो

200

कपिलवस्तु २७ बैशाख । रुपन्देही प्रशासनले हाईज्याक गरेर उद्योगवाट कपिलवस्तु आउदै गरेको अक्सिजन लगेको समाचारपछि कपिलवस्तु जिल्ला प्रशासनको विशेष पहलमा  कपिलवस्तु अस्पतालमा आज साझ ३० वटा सिलिण्डर आएकोछ । रुपन्देही प्रशासनले उद्योगमा भएका सबै सिलिण्डर प्रहरी लगाएर नियन्त्रणमा लिएर कोरोना विशेष अस्पताल बुटवलमा लैजाने क्रममा हाईज्याक भएको वताइएको छ ।

यता लुम्विनी अक्स्जिन ग्यास उद्योग रुपन्देही उद्योग संचालक रमेश खनालले यो घटना घटेपनि अव आइन्दा त्यस्तो नहुने प्रतिबद्धता सम्वन्धित पक्षवाट आएकाले अव नियमित आपूर्तिमा समस्या नआउने वताउनु भयो । अस्पतालका मेसु किशोर बन्जाडेले कपिलवस्तुका प्रजिअले विशेष पहल गरेकाले  समस्या समाधान उन्मुख भएको वताउनु भयो । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार