लुम्विनी प्रदेशका मन्त्रीलाई जनताले लगाईदिए श्रीपेच

146

गुलरीया २९ पुस। लुम्विनी प्रदेशका एक मन्त्रीलाई जनस्तरवाट श्रीपेच लगाइएकोछ । त्यो कुनै ब्यंग्यका लागि नभई आत्मीय स्वागतकालागि गरिएको हो । त्यसरी जनस्तरको श्रीपेच लगाउन पाउने मन्त्री लुम्बिनी प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेल रहनु भएको छ । बर्दियाको गेरुवा गाउँपालिका जनकनगरस्थित संचालित होमस्टेमा पहिलो पटक पुगेकी मन्त्री आरती पौडेललाई होमस्टे संचालक युवतीले रैथाने आलु र काउलीबाट बनेको श्रीपेच लगाएर स्वागत गरेका हुन् । 

    जनकनगर होमस्टेमा पाहुनालाई स्वागत गर्ने स्थानीय शैली निकै रमाइलो रहेको मन्त्री आरती पौडेलले बताएकी छिन् ।  होमस्टेलाई कृषिको माध्यमबाट उकास्न आफ्नो तर्फबाट सहयोग गर्ने उनले प्रतिवद्धता जनाएकी छन् ।स्थानीय कृषि उत्पादनलाई बढाउँदै होमस्टेमा आउने पाहुनालाई स्थानीय उत्पादनका परिकार बनाएर सन्तुष्टि पार्न सक्नुपर्ने उनको भनाइ छ । ‘युवाहरु रोजगार छैन भनेर विदेशीनुको साटो स्वदेशमै कृषि उद्यमका लागि तत्पर भए प्रदेश तथा स्थानीय सरकारले दरिलो सहयोग उपलब्ध गराउन तयार छन्’, उनले भनिन् । 

    बर्दिया जिल्ला लुम्बिनी प्रदेशकै कृषिको राजधानी भएकाले यहाँको कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन प्रदेश सरकारले काम गरिरहेको उनको भनाइ छ । परिश्रम अभावमा कृषि कार्यका लागि लिइने अनुदानले उत्पादकत्व वृद्धि गराउन खासै नसकेको उनको भनाइ छ । प्रदेशका विभिन्न जिल्लामा अनुगमनका क्रममा कृषिमा अनुदान प्रथाले किसानलाई आशामुखी बनाएको अनुभव उनले सुनाइन् । कृषि क्षेत्रमा किसानको अथक परिश्रमले नै लक्ष्य हासिल गर्ने भएकाले सशक्त भएर उद्यमका रुपमा कृषि व्यवसाय गर्न युवालाई आग्रह गरिन् । 

    गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले गेरुवा गाउँपालिका अन्नको भण्डार रहेकाले यहाँका किसानलाई खेतीतर्फ आर्कषण गर्ने कार्यक्रम पालिकाले अघि सारेको बताएका छन् ।प्रदेश सरकारसँग सहकार्य गर्दै आगामी दिनमा थप कृषिका योजना अघि बढाउने गाउँपालिकाको लक्ष्य रहेको छ । हामीले किसानसँग हातेमालो गर्दै अनुदान पनि बाँडेका छौं । प्रर्याप्त अनुदान नभए पनि कृषि पेशामा लाग्ने किसानलाई हौसलाको काम भएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार