कपिलवस्तु अस्पताल :सेवा सुबिधामा राष्ट्रिय स्तरमा स्टाण्डर्ड

408

कपिलवस्तु १५ फागुन ।न्युनतम सेवा स्टाण्डर्डमा कपिलवस्तु अस्पताल अब्बल रहेको पाइएको छ ।न्युनतम सेवा स्टेन्डर्ड ( एमएसएस ) मा कपिलवस्तु अस्पतालले ७० अंक हासिल गरेको हो । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालको टोलीले अस्पतालको बिभिन्न ९ सय ३९ वटा बुदामा गरेको अध्ययन अवलोकन पछि अस्पतालले सो अंक प्राप्त गरेको हो ।

    स्वास्थ्य निर्देशनालयका उत्तम प्रचारले कपिलवस्तु अस्पतालले एमएसएसमा ७० अंक हासिल गरेको कपिलस्तु अस्पतालमा आयोजित कार्यक्रममा सो जानकारी गराएका थिए ।गत बर्ष कपिलवस्तु अस्पतालले  ७ सय २१ बुदामा एमएसएसमा ६६ अंक हासिल गरेको थियो । प्रचारले  स्वास्थ्य सेवा प्रवाह, भौतिक अवस्था, मानवीय श्रोत, फोहर ब्यवस्थापन, खानेपानी सरसफाई लागतयका कुरामा कपिलस्तु अस्पतालको अवस्था राम्रो देखिएको बताए ।

    सुशासन र ब्यवस्थापनमा ६८, चिकित्सकीय सेवा ब्यवस्थापन र अस्पताल सर्पोट सेवामा ७० अंक हासिल गरेको छ । ४ बर्ष अघि यो अस्पताल १५ बेडबाट ५० बेडमा बिस्तार गरिएको थियो । कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेले कडा मिहेनत र टीम वर्कले कपिलवस्तु अस्पतालको अवस्था सुधार हुदै गएकोमा खुशी ब्यक्त गरे । अस्पतालमा २४ घन्टे एक्सरे,ल्याब र फामेसीको सुबिधा उपलब्ध  रहेको उनले बताए । ४ बेडको भेन्टीलेटर सहीत १० बेडको आईसिुयु सेवा बिस्तारकोको अन्तिम चरणमा पुगेको छ ।

    अस्पतालमा दुई दर्जन बढी डाक्टर सहीत १ सय १८ जना कर्मचारी कार्यरत छन । कार्यक्रममा बरिष्ठ जनस्वानस्थय प्रशासक रोशनलाल चौधरी, स्वास्थय निर्देशनालयका शैलेन्द कुमार पाण्डेय, एमएसए फोकल पर्सन कौशल भन्डारी  निक साईमन्सका सुरज बैध लगातयको सहभागीता रहेको थियो । अस्पतालले ७० अंक हासिल गरेकामा कपिलवस्तु अस्पतालका मेयर किरण सिंहले खुशी ब्यक्त गरेका छन । उहाले मेसु बन्जाडेको अगुवाई गरिएको मिहीनेतले अस्पतालमा सेवा सुबिधाहरु बिस्तार भएको बताउनुभयो । उहाले सेवा सुबिधा प्रवाह र भौतिक अवस्थामा कपिलवस्तु अस्पताल अब्बल रहेको देखिएको बताए ।  


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार