छात्रावासमा मृत्यू भएकी छात्राका परिवारलाई १० लाख क्षेतीपूर्ति

257

बुटवल १४ बैशाख । रुपन्देहीको तिलोत्तमा–१ नयाँ मिलमा रहेको प्यारामन्ट बोर्डिङ हाई स्कूलको होस्टलमा गत शनिबार ज्यान गुमाएकी छात्राको परिवारलाई विद्यालयले १० लाख क्षतिपूर्ति दिने भएको छ । ज्यान गुमाउने १५ वर्षीया प्रतिभा सापकोटा गुल्मीको चन्द्रकोट गाउँपालिका–८ साबिक तुराङ्ग गाबिसको धुर्मु घर भएकी कक्षा १० मा अध्ययनरत थिइन् ।

बोर्डिङका सह–प्रिन्सिपललिलाधर किरातेका अनुसार विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले सापकोटा होस्टेलमा नै थिइन् । उनको छाती दुख्ने समस्या भएपछि उनको दाजुलाई लिन बोलाएर घर पठाइएको तर उपचारका क्रममा मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको थियो ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार