विद्युत कार्यालय जितपुरका प्रमुख कृष्ण पौडेलको शव फेला

702

कपिलवस्तु ९ असोज । बुधबार कपिलवस्तुको वाणगंगा नगरपालिका भलवाडमा पर्ने कज्वे पुलमा आएको बाढीले बगाउदाँ बेपत्ता भएका विद्युत कार्यालय जितपुरका प्रमुख कृष्ण पौडेलको शव  फेला परेको छ ।बेपत्ता  पौडेलको शव ३ दिनपछि आज फेला परेको हो । बेपत्ता पौडेलको ३ दिन देखी नेपाली सेना, सशस्त्र प्रहरी सहित गोताखोरको टोलीले खाजीकार्य जारी राखेको थियो ।पौडेलको शव कपिलवस्तु नगरपालिका वडा नम्बर ६ सगरहवाघाटको पश्चिम तर्फ फेला परेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ । ३ दिन देखी खोजीकार्य जारी राखेपनि नभेटिएपछि आज दुबै तर्फ बाट बोटिङ गरी खोजी गर्ने तयारी थियो । पौडेलको शब भेटिएपछि बोटिङ पनि स्थगित गरिएको छ । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार