तिलौराकोटमा सैनिक परिचालन, नागरीक स्तरवाट स्वागत

265

कपिलवस्तु २९ पुस । प्राचिन कपिलवस्तुको तिलौराकोट दरबारमा सैनिकहरु परिचालित भएर बृहत सरसफाई अभियान संचालन गरिएको छ । लुम्बिनी विकास कोष र सेनाको संयुक्त टोलीले तिलौरकोट दरबारमा अभियान संचानल गरेको हो । यसलाई स्थाीय नागरिकले स्वागत गर्दै सेनाका साथमा सहभागि भएर सरसफाइमा जुटेका थिए । फोहर र झारपातले कुरुप बन्दै गए पछि त्यहा अभियान संचानल गरिएको कोषले जननाएको छ ।

    तिलौराकोट दरबार क्षेत्रमा झाडी बढेपछि उत्खनन् गरिएको क्षेत्र सम्म जान र हेर्न पर्यटकले सास्ती भोग्दै आएका थिए । श्री नारायण दल गण गोरुसिगेंका सेनानी गोबिन्द कुमार थापाको नेतृत्वमा नेपाली सेनाको १ सय बढी जनाको संयुक्त टोली तथा कोषका कर्मचारीहरुले दरबारको मुख्य क्षेत्रमा सरसफाई गरेका थिए । अन्तराष्ट्रिय तथा पुरातात्विक महत्वको उक्त दरबार क्षेत्रलाई पूर्ण सफाई गर्न सेनाको योगदान महत्वपूर्ण भएको लुम्बिनी बिकास कोष सम्पर्क कार्यालय कपिलबस्तुका प्रमुख माधव आचार्यले  बताए ।

    प्रमुख आचार्यले विश्व बौद्ध दर्शनको महत्वपूर्ण क्षेत्रको विकासमा सबैको साथ आवश्यक रहेको बताउनु भएको छ ।  सरसफाई पछि दरबार क्षेत्र पुन सुन्दर बन्ने र पर्यटकलाई उत्खनन् गरिएको क्षेत्र अवलोकनमा सहज हुने सेनानी गोबिन्द कुमार थापाले जानकारी दिनु भयो ।  तिलौराकोटमा बेलायतको दुर्हम बिश्व बिश्व बिद्यालय, पुरातत्व बिभागको टोलीले बिगत ५ बर्ष देखि उत्खनन र अनुसन्धानको काम अघि बढाउदै आएको छ । तिलौराकोट बुद्धका पिता राजा सुद्धोदनको राजप्रसाद र बुद्धकाले २९ बर्ष बिताएको स्थलकारुपमा मानिदै आएको छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार