सबै क्रिकेट गतिविधि बन्द गर्ने क्यानको निर्णय

23

बैशाख १८,काठमाण्डौ – 

कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै नेपाल क्रिकेट सङ्घ (क्यान) ले सबै क्रिकेट गतिविधि अनिश्चित समयसम्मका लागि स्थगित गरेको छ । क्यानले शुक्रवार एक सूचना प्रकाशित गर्दै अर्को सूचना नआएसम्मका लागि सबै क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको हो । क्यानले राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएका शृङ्खलाहरू तत्कालका लागि स्थगित गरिएको जनाएको हो । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ उपत्यकामा बिहीवारदेखि निषेधाज्ञा लागू भएको छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार