गणतन्त्रको प्रहरी कस्तो हुने ? सिडियोको सुझाव यस्तो छ

153

कपिलबस्तु ३० असोजकपिलवस्तु प्रहरी परिसर तौलिहवामा राखिएको एक कार्यक्रममा  प्रहरीको निष्पक्ष ब्यवहार र जनमुखी शैली गणतन्त्रले अपेक्षा गरेको तर्क गरिएको छ । प्रहरी उपरिक्षक नबराज अधिकारी कोरोना संक्रमित भएपछि कपिलवस्तुमा सिमित ब्यक्तिको सहभागीतामा ६५ औ प्रहरी दिवस मनाइ रहदा उक्त सवाल उठेको हो ।

    सो अवसरमा प्रजिअ दिर्घनारायण पौडेलले प्रहरीको काम नै शान्ति सुरक्षा र अमन चयन राख्नु रहेको बताउदै जनतासंग मजवुत सहकार्य हुनुपर्ने स्पष्ट पार्नु भयो । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष  डिलाराम भुसालले प्रहरीले जनताको मन जित्ने गरी काम गर्नुृ पर्नेमा जोड दिनु भयो । उहाले प्रहरी र नागरिक बिच राम्रो सम्बन्ध हुनु पर्ने औल्याउनु भयो । यस्तै कपिलवस्तु नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेलले राजनीतक दलका नेता र जन प्रतिनिधहरुले प्रहरीलाई घटनामा अनावश्यक दवाव दिन नहुने तर्क गर्नु भयो ।

    जिल्ला प्रहरी कार्यालयले तौलिहवा स्थित कार्यालयको परिसरमा राखेको कार्यक्रममा प्रजिअ दीर्घ नारायण पौडेल, सशस्त्र प्रहरी उपरिक्षक डिबि कार्की, २ जन प्रतिनिधि, २ ब्यापारी, आधा दर्जन संचारकर्मी, अमर प्रहरी परिवार गरी सिमित ब्यक्तिहरुको सहभागीता थियो ।सो अवसरमा आधा किलो सुन पक्राउ गर्न भुमिका खेलेका प्रहरी हवल्दार राधे श्याम कहारलाई पुरस्कृत  गरिएको थियो । यस्तै नौ जना अमर प्रहरी परिवार तथा ईलाका प्रहरी कार्यालय गणेशपुरका लागि जग्गा दान गर्ने एक जनालाई सम्मान समेत गरिएको थियो ।

        यस्तै ब्याडमिन्टन र टेबल टेनिसमा बिजयी भएका खेलाडीलाई समेत पुरस्कृत  गरिएको थियो । कोरोना संक्रमित भएकाले कार्यक्रममा सहभागी हुन नपाएपछि प्रहरी उपरिक्षकको मन्तब्य पढेर सुनाइएको थियो । कार्यक्रममा  सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवि प्रसाद बर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार