नेपालमा विद्वानमाथि कारबाही हुने गरेको नेता भट्टराईको तर्क

77

काठमाण्डौ १९ चैत्र । नेकपा एमालेका नेता योगेश भट्टराईले अहिले नेपालमा विद्वानमाथि कारबाही हुने गरेको बताउनुभएको छ । बिहीवार एमालेका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डे निलम्बनमा परेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिनुभएको हो । भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ॠषिमुनि र बुद्धको ज्ञान भूमी अनि मार्क्सवादको उर्बर भूमि नेपालमा आजकाल स् विद्वान, इमानदार र नैतिकवनहरूमाथि कारबाही हुन्छ ।

मूर्ख, भ्रष्ट र अनैतिकहरू पुरस्कृत हुन्छन् । नेता भट्टराईले नेता भुसाल र पाण्डेमाथि त्यस्तै भद्दा मजाक गरिएको बताउनुभएको छ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्नुभएको हो ।पार्टीले सोधेको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको र नेतृत्वको विरुद्धमा गतिविधि गरेकाले ६ महिनाका लागि पार्टीबाट निलम्बन गर्ने निर्णय भएको पत्र पाण्डे र भुसाललाई पठाइएको छ । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार