कलाकार रोशन क्षेत्रीको “कोईला खानाले” पृथक गित चर्चामा

405
Pissa Aata

कपिलवस्तु २० भदौ ।सांगीतीक क्षेत्रमा फेरी अर्काे पृथक गीत “कोईला खानाले” बोलको गित यतिबेला चर्चामा आएको छ । सोही गितले टिकटकको महोल तात्नुका साथै युटुवमा पनि छोटो समयमै लाखौं दर्शकहरुले हेरिसकेका छन । सांगितिक क्षेत्रमा विगत लामो समयदेखी लागिरहनुभएका चितवन भरतपुर ८ का कलाकार रोशन क्षेत्रीले लेख्नुभएको कोईला खानले बोलको गित यतिबेला चर्चामा आएको छ । “छुकछुके रेल चलेको कोईला खानले जिन्दगी डामाडोल भयो मेरी माया अन्त जानले ”भन्ने गितको टुक्कमा हजारौ टिकटकमा झुमेका छन ।

    गितमा लोक तथा दोहोरी गायक खुमन अधिकारीको संगीत रहेको छ । भने यस गीतमा खुमनअधिकारीकै र मेलिना राईको स्वर रहेको छ । चर्चित निर्देशक शिब बिकको निर्देशन रहेको गीतमा नवराज उप्रेतीको छायांकन, बिकाश ज्ञवालीको सम्पादन रहेको छ । सोही गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल, रिजोन तिमिल्सिना, रोशन क्षेत्रीको अभिनय रहेको छ । यस गीतलाई हिम सम्झौता डिजिटलले बजार ब्यवस्थापन गरेको हो । यस्तै कोईला खानाले गितका शब्द लेख्नुभएका कलाकार रोशन क्षेत्रीको अर्को एक पृथक गित पनि बजारमा आउने तयारीमा रहेको छ । उहाका अहिलेसम्म २ दर्जन बढि गितहरु रहेका छन । यस गितलाई हेर्नका लागि तल राखिएको यो लिंक खोलेर हेर्न सक्नुहुन्छ ।




कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार