अपराध न्यूनीकरणका लागि कपिलवस्तुका स्थानीय सरकार र प्रहरी विच सहकार्य

189

कपिलवस्तु ३१ चैत्र ।  अपराध न्युनीकरणका लागि कपिलवस्तुमा स्थानीय सरकार र प्रहरी विच सहकार्य भएको छ । जिल्ला १० पालिका मध्ये कपिलवस्तुका ८ पालिकामा प्रहरी र पालिका विच सहकार्य गरी पाठ्य सामाग्री लागु भएको छ । बालबालिकाहरुलाई अपराध गर्न बाट जोगाउनका लागि सचेतना दिन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पाठ्य सामाग्री (पुस्तक) निर्माण गरी स्थानीय सरकारको सहयोगमा विद्यालयमा वितरण गरेको छ ।

हाल सम्म कपिलवस्तुका कपिलवस्तु , बुद्धभुमी, बाणगंगा, महाराजगंज नगरपालिका तथा यशोधरा, शुद्धोधन, मायादेवी र बिजयनगर गाउँपालिकामा लागु गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।विद्यालय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत तयार गरीएको पुस्तकमा ११ शिर्षक राखिएको छ । लागुऔषध दुव्र्यसनी, साइवर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, बाल विवाह, बोक्सी आरोप, बालवालिकामा हुने दुव्र्यवहार समावेस गरीएको छ । 

प्रहरीले उपलव्ध गराएको पुस्तकले बालबालिकामा मात्र नभएर समुदायमा समेत अपराध न्यूनीकरणका लागि भुमिका खेल्न सक्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले बताएका छन । मंगलवार कपिलवस्तुको बुद्धभुमीमा प्रधानाध्यापकलाई आमन्त्रण गरी अन्तकृया समेत गरिएको थियो । अन्र्तकृया मा साप्ताहिक रुपमा कक्षा चलाउने गरी विद्यालयका प्रधानाध्यापक सँग छलफल भएको छ । पाठ्यसामाग्रीका कारण समाजमा हुने अपराध जन्य कृयाकलाप गर्न निरुत्साहित गर्छर प्रहरी, विद्यार्थी र समाजको दुरी समेत कम हुने नगरप्रमुख  श्रेष्ठले बताउनु भयो । 

पुस्तक छपाइका लागि मधेस मानव अधिकार गृह माहुरी होमले सहज परियोजना मार्फत आर्थिक सहयोग गरेको थियो । जिल्ला भरी लागु गर्ने योजनाका साथ एक हजार वढी पुस्तक प्रकाशन गरी सवै विद्यालयमा पुराउने योजना रहेको माहुरी होममा अध्यक्ष रविन्द्रनाथ ठाकुरले भने । पुस्तक प्राप्त गरे पछि नियमित रुपमा बालबालिकालाई सिकाउदै जाने गौतम बुद्ध मा.विका प्रधानाध्यापक शिशिर अर्यालले प्रतिबद्धता गरेका छन् । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार