मैले आत्मालोचना गरे!

943
Pissa Aata

२०४२ सालमा प्रबाशमा सङ्गठन बिस्तारको क्रममा गुजरात राज्यको बडोदरा भन्ने सहरमा गएको थिए। एकजना प्युठान क्वाडिको साथी स्टेट बैंकमा नोकरी गर्दा रहेछ्न।हामी सङ्गठनको बारेमा कुरा गर्न त्यहाँ गएका थियौं । साथिले साझँ घरमा बोलाउनु भयो। हामी नगर सभापती सहित साझँ वहाँको घरमा गयौं । झन्डै दुई घण्टा कुराकानि भयो । बेलुकी ८.४०को समय भएछ , नगर सभापतिले भन्नूभयो कि शर्माजी टिभिको समाचार सुनेर जाउँला। हामी रोकियौं। टिभिले समाचार भनिरहेको थियो,मेरो आँखा अचानक टेबलमा राखेको आठ इन्च लामो तीन इन्च चौडा एउटा बस्तुमा पर्न  गयो। म झसङ्ग  भए , मनमा तर्कनाहरु उठे,यो बस्तु के होला! कहिँ मैले गरेका कुरा सबै यो बस्तुमा रेकर्ड त गरिएन! कतै सिआइडिको फेला पो परियो की! यस्तै सोचिरहे,मन धमिलो भयो। टिभिमा समाचार पूरा भयो, हामी त्यहाँबाट हिडेउँ।बाटोमा मैले नगर सभापतिलाइ सोधेँ  "साहजी मलाइ शंका लाग्यो! अगाडि   त्यो टेबलमा राखेको रातो बत्ती बोलेको बस्तु के थियो होला!" साहजिले साइकल टक्क रोकेर मतिर हेर्दै भनेकी अरे यार शर्माजी !  तपाईं कुन जमानामा हुनुहुन्छ!त्यो रातो बत्ती बलेको बस्तु टिभी खोल्ने चिज पो हो त  ! 


यस्को नाम हो रिमोट !उनको कुरा सुनेर खुसी पनि लाग्योलाज पनि लाग्यो! खुसी यस कारणले की ती ब्यक्ती सिआइडी रहेनछन। अर्को कुरा यो भयो की नयाँ कुरा पहिलो पटक देख्ने मौका मिल्यो।लाज यस कारणले की म केन्द्रीय महासचिव भएको व्यक्तिलाई  यति सानो कुरापनी थाहा रहेनछ भनेर उनले कल्पना गरे हुन की भनेर। २०२५ सालमा अर्घाखाँची र कपिलबस्तुको सिमानामा पर्ने  उतिबेलाको हाटबजार पत्थरकोटमा साइकल देख्दा दंग्दास परिएको थियो,पछि दिल्लीको ब्यस्त बजारमा साइकल गुडाउने च्याम्पियन बनिएको थियो। आजभोली दुइपाङ्ग्रे स्कुटर रन्काएर बटौलीसम्म पुग्ने चेतना र सिपको बिकास भएको छ।


                   केहिबर्ष अगाडि मोबाइल नेपालमा आइपुग्दा नयाँ बस्तु देख्दा सबै नै अचम्ममा परेका थियौं ।म पनि आश्चर्यमा परेको थिए। सुरुमा बल्लबल्ल एउटा मोबाईल किनिएको थियो।पहिले फोन गर्न र सुन्न सिकियो,पछि क्रमश: नम्बर सेव गर्न सिकियो।दोस्रो संविधानसभाको चुनाव लड्ने कुरा भयो। सबैले फेसबुक  चाहिन्छ भन्नूभयो।भाइ शोभाले अर्घाखाँचीबाट आएर फेशबुक खोलिदिए।फेशबुकमा आएका सामाग्री हेर्नेबारेमा पनि उनले नै  मोटामोटी सिकाएका थिए।मैले सकिनसकी घिस्रिदै लतारिदै   फेशबुक चलाएकै थिए।पहिले रोमनमा र आजभोली नेपालीमा लेखेर पठाउने भएको छु।


              मैले फेशबुकमा पठाएका सामाग्रीहरुको अर्को साथिले कमेन्ट गरिसकेपछी प्रतिक्रिया  या उपस्थिति जनाउनु पर्दछ भन्ने थाहा थियो। तलपट्टी धन्यबाद या अन्य केही लेख्ने गर्दथे।अस्ति कान्छी छोरीले मलाइ भनिन की बाबा त्यसरी लेखेको शब्द सामान्यत सबैलाइ हुन्छ स्पेसली सम्बोधन गर्नु पर्यो भने रिप्लाइ भनेको ठाउँमा लेख्नुभयो भने सम्बन्धित ब्यक्तिलाइ पुग्दछ।आजबाट त्यो कुरापनि मैले सिके।तर यतिका समयसम्म मेरा पोष्टहरुमा टिप्पणी गर्ने मेरा अग्रजहरु ,मेरा गुरुहरु,मेरा साथिहरु र शुभचिन्तकहरुले कुनै प्रतिक्रिया  नपाउँदा मलाइ घमन्डी,ल्वाठे,ढङ्ग नभयको ,कमन्सेन्स नभएको ,मूर्ख वा बेहोशी पो ठान्नु भयो की?


         महानुभावहरु!मलाइ माफ गर्नु होला!यो अज्ञानताका कारण हुन गएको कमजोरी हो यसर्थ मैले  आत्मालोचना गरे।गल्ती दुई प्रकारका हुन्छ्न,एउटा नियतबस गरिएको गल्ती र अर्को अज्ञानताबस हुने गल्ती,अज्ञानताबस भएको गल्ती आत्मालोचना पछि सकिन्छ र ब्यक्तिले गल्तीबाट शिक्षा लिएर अगाडि बढदछ भने नियतबश या योजनाबद्ध रुपमा गरिएको गल्ती भयंकर हुने गर्दछ  , त्यस्ले ब्यक्तिलाइ समाप्त पार्ने गर्दछ।अहिले नेता र नेतृत्वमा जुन चिन्तन र व्यवहार देखा परेको छ ती अज्ञानताबस भएका कमजोरीहरु होइनन् । ती गल्तीहरु नियतबस ,आफ्नो स्वार्थको निमित्त ,आफ्नो परिवारको हितको निमित्त ,आफ्नो समुहको निमित्त जानाजान गरिएका गल्तीहरु हुन,तिनलाइ अपराध पनी भन्न सकिन्छ। ती अपराध गर्ने पात्र र प्रवृतिलाई नयाँ पुस्ताले न्यायको कठघरमा खडा गर्ने नै छ  तर इमानदार मानिसको कुरा के हो भने जानाजान उस्ले गल्ती गर्दैन,अज्ञानताबस कमजोरी भएमा तुरुन्तै क्षमायाचना गर्दछ। कमजोरी लुकाउने ,अज्ञानता लुकाउने ब्यक्ति महान होइन कि त्यो पाखण्डि र महामुर्ख हो।त्यसैले हामिबाट कहिँ कतै कुनै प्रकारको पनि कमजोरी भएको छ भने श्रीमतीसङ्ग दाजुभाइसङ्ग ,समुदायसङ्ग,नातागोता इस्टमित्रसङ्ग या जनतासङ्ग आत्मसात गर्नु नै महानता हो।सबैले यसरी नै सोच्दा कसो होला! मैले यसरी नै सोचें,यहाँहरुले कसरी सोच्नुहुन्छ कुन्नी!


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार