हाम्रो हस्ताक्षर नक्कली हो,कुल प्रसादले बदनियत पूर्ण दुरुपयोग गरे : एमाले सांसद

249

बुटवल २० बैशाख । लुम्विनी प्रदेश सभामा अल्पमतमा परेका भनेर चर्चा गरिएका मुख्यमन्त्री शंकर पोखरेल पुन बहुमत नजिक पुगेका छन् । सूर्य चिन्हवाट निर्वाचित सांसद धरमवहादुर लाल श्रीवास्तव र अजय शाहीले आफूहरु एमाले मै रहेको विज्ञप्ती जारी गरेपछि यस्तो अवस्था आएकोहो । २ सांसदले हाम्रो हस्ताक्षर नक्कली हो ,कुल प्रसाद केसीले बदनियत पूर्ण त्रुटीपूर्ण रुपमा हाम्रो हस्ताक्षर आफ्नो पक्षमा राखे भन्दै विज्ञप्ती जारी गरेपछि शंकर पोखरेलको पक्षमा २ मत थप भएको हो ।

यो संगै विमला ओलीको समेत पुन एमालेमा रहेको विज्ञप्ती आउने तयारी अनितम चरणमा पुगेको श्रोतको दाविछ । त्यसो हुदा शंकर पोखरेलको पक्षमा   ४० मत पुग्ने छ भने कुल प्रसाद केसीको पक्षमा ३९ मत । यो अवस्थामा एमालेको एकल वहुमतको सरकारले बैधता पाउने निश्चित भएको छ ।  

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार