प्रधानमन्त्री कप क्रिकेटः रुपन्देहीद्वारा कपिलबस्तु पराजित

111

कपिलवस्तु २५ पुस ।टच हारेर व्याटिङ्ग गर्न आएको रुपन्देहीले निर्धारित ३८ ओवरको खेलमा नौ विकेट गुमाउँदै एक सय ६७ रन बनाएको थियो । जसमा सन्दिप रजालीले ३९, देव खनालले ३३, सन्दिप सुनारले २७ र विक्रम भुसालले १७ रन जोडे । रुपन्देहीलाई सस्तैमा रोक्न दुर्गेश कुर्मीले चार विवेट लिए पनि कपिलबस्तुको व्याटिङ्ग क्रम चल्न सकेन । एक सय ६८ रनको लक्ष्यमा मात्र ९८ रन बनाउन सक्यो । 

    उसकालागि रमेश पाठकले सर्वाधिक २० बनाए । बलिङ्गमा विक्रम भुसाल र अनिल खरेलले तीन – तीन विकेट लिएका थिए । म्यान अफ दी म्याच विक्रम भुसाल भए । समूह बी अन्तरगतका खेलहरु भोलीदेखि दाङको लमहीमा हुँदै छन् । भोलीका खेल नवलपरासी र कपिलबस्तुबीच भैरहवामा तथा दाङ र बर्दियाबीचको खेल लमहीमा हुँदै छन् । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको आयोजनामा प्रदेशको टीम छनोट गर्न प्रतिस्पर्धा भैरहेको हो ।  


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार