कपिलवस्तुमा बकरईदको माहोल सावधानी पूर्वक घनीभूत :शुभकामना आदान प्रदान जारी

205

कपिलवस्तु ६ साउन ।  नेपाली इस्लाम धर्मावलम्बिहरुको महान पर्व बकर ईद अर्थात इद उल जोहाको अवसरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी र कपिलवस्तुका विभिन्न राजनितिक दलहरुले शुभकामना व्यक्त गरेका छन् । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले भोली एकै ठाउँमा बसी नमाज पढेर आफ्नो परमपरा अनुसार मनाई रहेका छन्  ।ईदको उपलक्ष्यमा कपिलवस्तुका प्रजिअ चक्रपाणी पाण्डेले कपिलवस्तुमा सबै भन्दा ठूलो संख्यामा रहेका मुस्लिम समुदायले मनाउने यस चाडले शान्ति सद्भाव र पारस्परीक विश्वास बढाओस भन्ने कामना गर्नु भएको छ । 

यसैबिच नेकपा एमाले कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पनि ईद पर्वको शुभकामना सन्देश जारी गर्नुभएको छ । जिल्ला अध्यक्ष पोख्रेलले विभिन्न जाती, समुदाय विशेष पर्वका माध्यमबाट आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । एमाले जिल्ला अध्यक्ष पोख्रेलले नेपालको संविधानमा नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेख भएकाले पनि देशको बहुसांस्कृतिक पक्षलाई आत्मसात गरेको बताउनुभयो ।

यसैगरी  नेपाली कांग्रेस कपिलवस्तुले शुभकामना व्यक्त गरेको छ  । कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले इद पर्वले  आपसि सम्बन्ध स्थापना गर्न सक्ने भएकाले सबै इस्लाम धर्मावलम्बिहरुलाई सौहार्दंपूर्ण  वातारणमा पर्व मनाउन आग्रह पनि गर्नुभएको छ । यस्तै नेपाली कांग्रेस क्षेत्रीय समिति कपिलवस्तुले पनि ईद पर्वको शुभकामना व्यक्त गरेको छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार