कपिलवस्तु अस्पतालमा अक्सिजन परीक्षण उत्पादन शुरु

285

कपिलवस्तु २० भदौ  । कपिलवस्तु अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट अक्सिन उत्पादन शुरु भएको छ । एक महिना अघि नै प्लान्ट जडान गरिएकोमा ३ दिन देखि परिक्षण उत्पादन सूरु भएको हो । अस्पतालका मेडीकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले २ साता अघि नै नमुनाको रुपमा ग्यास उतपदन सूरु भएको बताए । केही समस्या आएकाले कही दिन रोकेर ३ दिन अघि देखि फेरी परिक्षणकारुपमा उत्पादन सूरु गरिएको उनले बताए ।


केही दिन मै प्लान्टबाट पुरा क्षमतामा ग्यास उत्पादन हुने उनको भनाई थियो । फेयर ट्रेड प्रालिले प्रतिस्पर्धा माफर्त १ करोड २८ लाखमा प्लान्ट निर्माणको काम पाएको थियो । गत असार ८ गते कामको संझौता भई असार मसान्त सम्म काम सकाउने समयसिमा दिइएकोमा केही प्राबिधिक कारणले समयमा हुन नसकेको मेसु बन्जाडेले बताए । ठेकेदार कम्पनीले सो मेशीन जडानजिसि रिसर्चएन्ड डेभ्लप्ममेन्ट लाईे जिम्मा दिएको थियो ।


कम्पनीका ईन्जीनयिर देबेन्द्र श्रेष्ठले प्लान्ट पुर्ण क्षमतामा चले प्रति मिनेट ४ सय १६ लिटर अक्सिन उत्पादन हुने बताए । चाईनाबाट ल्याइएको सो प्लान्टमा ट्रान्सफर्मर, कम्पे्रशर, फिलिङ ड्रायर, एडप्सन ड्रायर, फिल्टर, सेप्रेशन सिस्टम, गेस बफर टेङक स्टेरिलाईजीङ फिल्टर रहेको श्रेष्ठले बताए । अस्पतालमा सय भन्दा बढी सिलिन्डर समेत छन । कोरानाको दोश्रो लहरमा गत जेठमा अक्सिजनको चरम अभाव हुदा उपचारमा निकै समस्या आएको थियो । तेश्रो लहरमा भने जिल्लामा अब अक्सिनको अभाव नहुने बन्जाडेले दाबी गरे । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार