लुम्विनीका ३ नदीमा आधारीत सभ्यता विकास गरिने

141

बुटवल ८ माघ । विगतमा सभ्यता विकास नदी किनारमा भएको स्मरण गर्दै भविश्यका लागि मानव सभ्यताको अनुपम उदाहरण दिने गरी लुम्विनीका ३ वटा नदीमा आधारित सभ्यता विकास सहितको जलाधार ब्यवस्थापन योजना बन्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश भित्रका तीन वटा मुख्य नदिको जलाधार व्यवस्थापन योजना तयार गर्ने भएको छ ।

    उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले तिनाउ, राप्ती र बबइ नदिको जलाधार व्यवस्थापन योजना तयार गर्ने प्रक्रिया अघि बढाएको छ । योजना तयार गर्न टेण्डर प्रक्रियाबाट परामर्शदाता कम्पनीको छनोट गरेको छ । छनोट भएको काठमाडौँको एनइएसएस–जीइस–आइइएस जेभिसँग एक हप्ता भित्र सम्झौता हुने मन्त्रालयका प्रवक्ता दिपक ज्ञवालीले बताउनुभयो । पहिरो नियन्त्रण, गल्छि नियन्त्रण र मुल संरक्षणको लागि जलाधार योजना बनाउन लागिएको उहाको भनाइ छ ।

    अध्ययन टोलीले नदिमा गएर क्षतिग्रस्त ठाउँहरुको अध्ययन गर्ने उनले बताउनुभएको छ । चार महिना भित्र अध्ययन गरेर तीनवटै नदि प्रणालीको तीन वटा छुट्टा छुट्टै विस्तृत योजना बुझाउनु पर्ने मन्त्रालयका प्रवक्ता ज्ञवालीले बताउनुभएको छ ।  पाल्पा र रुपन्देही भएर बग्ने तिनाउ नदिले विभिन्न ठाउँमा कटान गर्ने गरेको छ । राप्ती नदिबाट पनि विभिन्न ठाउँमा क्षति हुने गरेको छ । बबइ नदिका कारण बर्दियाका अधिकांस क्षेत्र बर्सेनी डुवानमा पर्ने गरेका छन । जलाधार व्यवस्थापन योजनाले कटान र डुबानबाट हुने क्षति कम गर्न सघाउन पु¥याउने उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको अपेक्षा छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार