देउवा र वावुरामको खिचातानीले ओली सरकार सुरक्षित

91

काठमाडौं २३ चैत ।  प्रतिनिधिसभा पुनर्स्थापनापछि नयाँ सरकार गठनका लागि ‘किङमेकर’को बनेको जनता समाजवादी पार्टी ९जसपा० ले भावी प्रधानमन्त्रीमा दाबी शुरु गरेको छ ।प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र नयाँ सरकार बनाउने निर्णय लिएकै बेला जसपाले पनि प्रधानमन्त्रीका लागि दाबेदारी शुरु गरेको हो । शुक्रबार काँग्रेस केन्द्रीय समिति बैठकबाट लिइएको उक्त निर्णयप्रति जसपाले असन्तुष्टिसमेत जनाएको छ ।

शुक्रबार राति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो । तर, कांग्रेसको निर्णयमा जसपा नेताहरुले असन्तुष्टि जनाएका छन् ।सरकार गठनमा संसदमा अंक गणितीय हिसाबले ‘किङमेकर’ बन्न पुगेको जसपाका नेताहरु आफैं सरकारको नेतृत्व गर्ने बताउन थालेका छन् ।

सत्ता समीकरणबारे छलफल गर्न आइतबार बिहानै हात्तीवनस्थित निवासमा आइपुगेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जसपा अध्यक्ष महन्थ ठाकुरले प्रश्न गरे, ठाकुरले पौडेलसँग भने, ‘गठबन्धनको सरकार बनाउने भन्ने, अनि आफ्नै नेतृत्वमा सरकार बन्नुपर्छ भनेर निर्णय दिने रु गठबन्धनको सरकारका लागि तीन दलसँग बसेर निर्णय लिनुपर्ने होइन र ? जसपाका अर्का नेता राजेन्द्र महतोले पनि सरकारको नेतृत्व जसपाले नै गर्ने दाबी गरेका छन् । आइतबार महतोले अब जसपा कसैको नेतृत्वमा सरकारमा नजाने, आफैंले सरकारको नेतृत्व गर्ने बताए ।

सरकारको ‘किङमेकर’:

प्रतिनिधिसभाको वर्तमान अंक गणित हेर्दा राजपा दुबै हातमा लड्डु बोकेर बसेको छ । ओली वा देउवा दुबैतिर सरकार गठनका लागि जसपाको साथ नभएसम्म बहुमत पुग्दैन । यही अवस्थालाई बुझेर जसपाले आफैं प्रधानमन्त्रीको दाबी गर्न थालेको हो ।विगतमा प्रतिनिधिसभामा २० सीट रहेको राप्रपाले यसैगरी ठूला दललाई ट्रयापमा पारेर पटक–पटक प्रधानमन्त्री पाएको थियो प्रतिनिधिसभामा १२१ सांसद रहेका केपी ओलीका लागि विश्वासको मत सिद्ध गर्न मात्र १७ सांसद चाहिएको छ । त्यसका लागि सके सग्लो जसपाको समर्थन लिने, नसकेमा फुटाएर भए पनि वैकल्पिक गठबन्धन बनाउन नदिने ओलीको रणनीति देखिन्छ । सोहीअनुसार जसपाको ठाकुर पक्षसँग प्रधानमन्त्री ओलीले संवाद बढाइरहेका छन् ।

ओली इत्तर गठबन्धनको सरकार बनाउन काँग्रेसका ६३ (दुई जना निलम्बित), माओवादीका ५३ (चारजना एमालेतिर लागेका) र जसपाका ३४ (दुई निलम्बित) सांसदको मत चाहिन्छ ।संसदको यो अंकगणितले ‘किङमेकर’ बनेको जसपालाई आ–आफ्नो पक्षमा पार्न एमाले र काँग्रेस– माओवादी केन्द्रले तानातान गरिरहेका छन् ।जसपा भने जुन गठबन्धनमा गए पनि निर्णायक हुने देखिएको छ । यही कारणले ओलीतिर मिले महन्थलाई प्रधानमन्त्री प्रस्ताव गर्ने र कांग्रेृस–माओवादीतिर मिले बाबुरामलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राजपा नेताहरुले राख्न थालेका छन् ।

ओलीले बाबुरामलाई नमान्ने :

एमाले–जसपा गठबन्धनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले महन्थ ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका सामाचारहरु आइरहेका छन् । तर, ओलीले सकभर अहिलेकै अवस्थामा जसपालाई सरकारमा ल्याएर आफैंले सरकारको नेतृत्व गर्न जोड गरिरहेका छन् ।आफ्नो सरकार ढल्ने र अरुको हातमा सत्ता जाने स्थिति आएमा महन्थलाई नै प्रधानमन्त्री बनाएर भए पनि एमालेलाई सरकारमा राखिराख्ने प्रधानमन्त्री ओलीले खेल खेल्न सक्ने सम्भावना रहेको केही नेताहरुको तर्क छ ।संसदीय अंकगणित आफ्नो पक्षमा पार्नुपर्ने बताउँदै आएका ओलीले महन्थलाई प्रधानमन्त्री बनाएर आफ्नो गठबन्धन टिकाउने रणनीति नबनाउलान् भन्न सकिँदैन । किनभने, विगतमा एमालेका नेताहरु राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा समेत सरकारमा गएको नजीर छ ।

तर, प्रधानमन्त्री ओलीले सोचे जस्तो महन्थ ठाकुर प्रधानमन्त्री हुने सम्भावना अहिल्यै देखिइनसकेको स्वयं राजपाकै नेताहरु बताउँछन् । राजपाका एक नेताले रातोपाटीसँग भने, ‘हामीले सकभर आफ्नै पार्टीको नेतालाई प्रधानमन्त्री बनाउने हो, यसका लागि बाबुराजमी उपयुक्त पात्र हो ।’

बाबुराम भर्सेस देउवा :

बाबुराम भट्टराईको नेतृत्वमा एमाले–जसपा गठबन्धन बनाउन ओली र बाबुराम दुबै राजी छैनन् । यो अवस्थामा बाबुरामको नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने त्यो कांग्रेस–माओवादी–जसपाको गठबन्धनमा बन्ने हो । एमाले–जसपा गठबन्धनबाट बाबुराम प्रधानमन्त्री भन्ने सम्भावना देखिँदैन ।नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने औपचारिक निर्णय नै गरिसकेको छ । अब जसपाको नेतृत्वमा सरकारमा जाने हो भने कांग्रेसले केन्द्रीय कार्य समितिको निर्णय सच्याउनुपर्ने हुन्छ । यसका लागि सभापति देउवा तयार नभएसम्म कांग्रेस आफ्नो निर्णयबाट ‘ब्याक’ हुन गाह्रो देखिन्छ । कांग्रेस पछाडि नहटेसम्म जसपाको नेतृत्वमा बाबुराम प्रधानमन्त्री बन्ने सम्भावना रहँदैन ।

जसपा नेता भन्छन्– हाम्रै नेतृत्वमा प्रधानमन्त्री :

प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा रहेका जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले अब जसपाले प्रधानमन्त्रीमा दाबी गर्ने बताउँदै भने, ‘हामी कसैलाई प्रधानमन्त्री बनाउने वा हटाउनेभन्दा पनि आफैं प्रधानमन्त्री हुने हो ।’ त्यसैगरी, आइतबार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको भेटवार्तामा जसपा अध्यक्ष महन्थ ठाकुरले पनि यस्तै संकेत गरे । प्रधानमन्त्री ओलीसँग संवादमा रहेका ठाकुरलाई ओलीविरोधी मोर्चामा सामेल गराउने उद्देश्यले काँग्रेस नेता पौडेल हात्तीवन पुगेका थिए । तर, भेटमा ठाकुरले काँग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णयमा असन्तुष्टि जनाए ।

स्रोतका अनुसार काँग्रेसले प्रधानमन्त्रीका लागि कसैको नाम अगाडि नसारिएकाले छलफल गर्ने सकिने पौडेलले बताएका थिए । उनले काँग्रेसबाट सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको विकल्पमा अर्को उम्मेदवार अगाडि सार्न सक्ने संकेत दिएका थिए ।तर, प्रधानमन्त्री ओलीले सत्ता छोड्नै परे ठाकुरलाई छोड्ने संकेत देखाएपछि जसपाले ओलीइत्तरको गठबन्धन बनाउँदा  समेत प्रधानमन्त्री आफूले पाउनुपर्ने माग राख्न थालेको छ ।

 महन्थसँगै बाबुरामको चर्चा :

जसपामा प्रधानमन्त्रीका लागि संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको पनि चर्चा शुरु भएको छ । केही दिनअघि जसपका एक शीर्ष नेताले रातोपाटीसँग भनेका थिए, ‘जसपाले एमालेसँग मिलेर पाउने प्रधानमन्त्री अवस्थामा डाक्टरसा’ब ९बाबुराम भट्टराई०लाई अगाडि सार्न सहज थियो । तर, केपी ओलीजी उहाँलाई कुनै हालतमा मान्नुहुन्न ।’

ओलीइत्तर गठबन्धनबाट पनि जसपाले प्रधानमन्त्री पाउन सक्छ रु भन्ने प्रश्नमा ती नेताले भने, ‘देउवाजीले आफैं प्रधानमन्त्री हुन सक्ने अवस्थामा हामीलाई दिनुहुन्छ होला र रु’ काँग्रेसको  शुक्रबारको निर्णयले केपी ओलीसँग सहकार्य गर्नुपर्ने अवस्था सिर्जना गराइदिएको ती नेताको तर्क छ  ।उनी भन्छन्, ‘जसपाका लागि केपी ओलीसँगै सहकार्य गर्न सहज छ । उहाँले प्रधानमन्त्रीका लागि अफर गर्नुभयो भने पार्टीभित्रको विवादले खासै अर्थ राख्दैन । पार्टीले लिने निर्णय सबै नेताहरु मान्न बाध्य हुन्छन् ।’यही अवस्था देखेर माओवादी केन्द्रले ओली सरकारबाट समर्थन फिर्ता नलिएको जसपाको बुझाइ छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीसँग जसपा नेताहरुको के कुराकानी भइरहेको छ भन्ने प्रश्नमा महतोले रातोपाटीसँग भने, ‘प्रधानमन्त्रीले माग पूरा गर्छु भनेर भन्नुभएको छ । अब काम गर्ने हो कुरा गर्ने होइन । अहिले प्रधानमन्त्रीले हामीसँग कुरा गुर्नभएको छैन । काम गरिराख्नुभएको छ । जिम्मा दिएका नेताहरुले काम गरिराख्नुभएको छ ।’सत्ता संकट टार्न प्रधानमन्त्री ओलीले निलम्बित सांसद रेशम चौधरीलगायतका मधेस–थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता, नागरिकता र संविधान संशोधन गरिदिने उनीहरुको आशा छ । आफूहरुका माग सम्बोधन गर्न केही कानुनी जटिलता रहेको भन्दै नियम र कानुनभन्दा बाहिर गएर निर्णय लिनसक्ने ओली नै भएको उनको बुझाइ छ ।

अहिले बहुमतकै सरकार भएकाले सरकारका विषयमा घनिभूत छलफल नभइनसकेको महतोको भनाइ छ । उनले भने, ‘अहिले प्रचण्डजीको कृपाले सरकार छँदैछ, सरकार अल्पमतमा परेपछि अर्को प्रधानमन्त्री बनाउने कुरा सुरु हन्छ । प्रचण्डजी त्यो अवस्थामा आए पो उहाँ (केपी ओली) ले हामीलाई प्रधानमन्त्रीको अफर गर्नुहुन्थ्यो कि के गर्नुहुन्थ्यो थाहा हुन्थ्यो । त्यो अवस्था आउन दिनुभएको छैन ।’

महतोका अनुसार माओवादीबाट समर्थन फिर्ता लिए राजीनामा आउने प्रधानमन्त्री ओलीले बताउँदा पनि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन । उनी भन्छन्, ‘प्रधानमन्त्री राजीनामा दिन तयार भएर बसिरहेको सुनियो । राजीनामा नदिन प्रचण्डजीे नै मुख्य भूमिकामा देखिनुभयो । यो त नौटंकी भएन र रु यो कस्तो राजनीति होला रु,’ महतोको प्रश्न छ ।माओवादी केन्द्रले जसपाका अध्यक्ष ठाकुर पक्षसँग निर्णायक छलफल गरेर मात्र समर्थन फिर्ताको निर्णय लिने रणनीति लिएको छ । आइतबार बिहानका लागि बोलाइएको माओवादी केन्द्रको स्थायी समिति बैठक सोही कारण स्थगित भएको बुझिएको छ ।

आइतबार बिहानैदेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले जसपा अध्यक्ष ठाकुरसँग भेटवार्ताका लागि समय मागेका थिए । तर, आफ्नो व्यस्तता देखाउँदै ठाकुरले प्रचण्डलाई भेट्नका लागि समय नदिएको स्रोतको भनाइ छ ।शनिबार मात्रै प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग टेलिफोन वार्ता गरेका थिए । देउवा निकट स्रोतका अनुसार प्रचण्डले काँग्रेस केन्द्रीय समिति बैठकको निर्णय सकारात्मक भएको भन्दै देउवालाई धन्यवाद दिएका थिए ।देउवाले जसपालाई एक मतका साथ नयाँ सरकार निर्माणको पक्षमा उभ्याउन आफू पनि लागिरहेको र प्रचण्डलाई पनि अग्रसरता लिन आग्रह गरेका थिए ।यस्तै, प्रचण्डले काँग्रेस नेता प्रकाशमान सिंहसँग पनि टेलिफोन संवाद गरेका छन् ।रातोपाटीवाट 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार