पत्रकार महासंघ कपिलवस्तुको पदाधिकारी सर्ब सम्मत, महिला उपाध्यक्ष र खुला सदस्यमा चुनाव हुने

140

कपिलवस्तु २४ चैत । नेपाल पत्रकार महासंघ कपिलवस्तुको निर्वाचनमा सबै पदाधिकारी पदहरु सर्ब सम्मत टुंगाइएको छ । अन्तिम उमेद्धारी सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत अध्यक्ष पदका उमेद्धार किरणमान बज्राचार्य, उपाध्यक्ष हरि अधिकारी, सचिव जानु पाण्डे सहसचिव संजिव गहतराज र राजेश चौधरी, कोषाध्यक्ष मोहन वेल्वासे निर्विरोध निर्वाचित हुनु भएको छ ।

महिला उपाध्यक्षमा भने शारदा केसि र स्वेता योगी विच प्रतिश्पर्धाहुने भएको छ। यस्तै ६ जना खुला सदस्य निर्वाचित हुनु पर्नेमा ८ जना उमेद्धार भएपछि सदस्यमा पनि निर्वाचन हुने भएको निर्वाचन समितिका संयोजक नारायण पौडेलले जानकारी दिनुभयो ।यसै गरि १२ जना प्रदेश पार्सद र ४ जना केन्द्रिय पार्सद यस अघि नै सर्वसम्मत निर्वाचित हुनु भएको छ । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार