शुक्रबार ५ हजार तीन सय ६४ जना कोरोनामुक्त

130

काठमाण्डौ ५ कार्तिक ।  गएको २४ घण्टामा १ हजार ९ सय ४५ जना कोरोना सङ्क्रमित थपिएका छन् । १० हजार तीन सय ४० जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय ४५ जनामा सङ्क्रमण देखिएको हो ।योसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार नौ सय ६५ पुगेको छ । आज ५ हजारभन्दा धेरै जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार ५ हजार तीन सय ६४ जना कोरोनामुक्त भएका हुन् । योसँगै अहिलेसम्म एक लाख ९१ हजार दुई जनाले कोरोनालाई जितेका छन् ।यस्तैअब नेपालमा २४ हजार ६ सय ६५ जना सक्रिय सङ्क्रमित छन् ।यसैगरी गएको २४ घण्टामा २२ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ सय ९८ पुगेको छ । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार