पुरानो पद्धती तर नयाँ शैलीमा चोरी गर्ने पक्राउ

337

चन्द्रौटा २१ मंसिर ।खुर्सानीको धुलो आँखामा राख्नु पद्धतीका हिसावले पुरानै हो तर नयाँ शैलीमा त्यही पद्धती अपनाएर चोरी गर्ने ब्यक्ति कपिलवस्तुमा पक्राउ परेका छन् । मंसिर १७ गते साँझ महाराजगंज नगरपालिका वडा नं ३ चौहट्टी बस्ने एक महिलाले खुल्ला चौरमा शौच गर्ने क्रममा खुर्सानीको धुलोले आँखा हानेर कानमा लगाएको लरी चोरी भएको थियो ।
        
  पिडित महिलाले दिएको जाहेरी बमोजिम सोहि ठाउँ बस्ने २८ वर्षीय छोटु भन्ने रामबृक्ष खटिकलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताउनुभयो । ५० बर्षीय उक्त महिलालाई खटिकले एक हातले मुख थुनिदिई र अर्कोहातले खुर्सानीको धुलोले दुबै आँखामा लगाईदिई मलाई भुईमा पछारी मैले दाँया बाँया कानमा लगाएको लरी चोरी गरेको जनाएकी छिन् ।

     चोरी भएको रु २३ हजार बराबरको सुनको लरी र खुर्सानीको धुलो सहित खटिकलाई प्रहरीले पक्राउ गरेको हो । चोरी मुद्दामा जिल्ला अदालत बाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार