जियाले दोहोरीमा हम्मे हम्मे पारिन ईन्द्रेणी टिमलाई ।

5436
Pissa Aata

कपिलवस्तु 

१५ भाद्र 

ईन्द्रेणीका संचालक तथा कलाकार कृष्ण कंडेलले कपिलवस्तुका भाइरल बालिका जिया भुसाल संग दोहोरी खेलेका छन् । सोमवार ईन्द्रणी टिम जियाका मामा घरमा आएर छायांकन समेत गरेका छन् । जियाको ईन्द्रेणीमा गित गाउने सपना भएको सुने पछी जियालाई खोज्दै घरमा आएका थिए । बुद्धभुमी १ विरपुर जियालाई भेट्दै कृष्णले उदभुत क्षमता भएको बताउनु भयो । इन्द्रणी टिमनै जियाको प्रतिभा देखेर अचम्म परेका थिए ।

इन्द्रेणीको टिम आएपछि जियाले समेत खुसी ब्यक्त गर्नु भएको छ । दोहोरी गाउदाँ जियाले इन्द्रेणीको टिमलाई समेत हम्मेहम्मे पारेकी थिइन । नाँच्ने, गाउने,एक पटक सुनेको कुरा कहिल्यै नविर्सने , सामान्य ज्ञानका जानकार ६ वर्षिय जियाले पहिलो पटक दोहोरी गाउनु भएको हो । 

आजै बुद्धभुमी नगरपालिकाका नगरप्रमुख केशव कुमार श्रेष्ठ र वडा नं. १ का वडा अध्यक्ष तेज बहादुर वस्नेतले समेत बालिकालाई भेटघाट गर्नु भएको थियो । नगरप्रमुख श्रेष्ठले बालिकाको प्रतिभा युट्युवमा देखेर आफु समेत दंग परेको बताउनु भयो ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार