यूनाईटेडले रच्यो स्वास्थ्य क्षेत्रमा नयाँ इतिहास : ४ नम्वर जितपूरले बुटवल - नेपालगन्जको बिकल्प दिदै

404

कपिलवस्तु २८ असोज ।कपिलवस्तुको उत्तरी भेगको स्वास्थ्य क्षेत्रले नयाँ इतिहास रचेको छ। ठूलो लगानीमा कपिलवस्तुको चारनम्बर  नजिक को ठाकुरापुरमा १०० शैयाको हस्पिटलको इमर्जेन्सी वार्डको एक कार्यक्रमका बीच सेवा शुभारम्भ गरिएसंगै नयाँ इतिहास रचिएको हो ।बुटवल र नेपालगन्ज विच १०० शैयाको कूनै हस्पिटल थिएन। त्यसैले यूनाईटेड हस्पिटलले नयाँ इतिहास रचेको दाबी गरिएको हो। 

महाअस्टमी पर्वको अवसर पारेर युनाईटेड नेशनल हस्पिटलको नयाँ भवनवाट एक भव्य समारोहका साथ सेवा शुभारम्भ गरिएको हो ।हस्पिटल सञ्चालकले जिल्लामै सबैभन्दा ठूलो सुविधा सम्पन्न अस्पताल आफुहरुले सञ्चालनमा ल्याएको बताएका छन् । अस्पताल १०० शैयाको हो भने हाल ५०  सैया समपन्न भएको छ। 

विगत २०६५ साल  देखि चारनम्बर जीतपुरमा रही भाडाको घरबाट सञ्चालन हुँदै आएको युनाइटेड हस्पिटलले आफ्नो सेवा विस्तार गरी आफ्नै भवनबाट  विरामीलाई सेवा दिन थालेको हो ।जीतपुर–तौलिहवा सडकखण्डको नजिकै रहेको यो हस्पिटलको बुधबार यस क्षेत्रका प्रतिनिधिसभाका  सांसद चक्रपाणी खनाल, अतहर कमाल, प्रदेश सांसद विष्णु पन्थी ले सामुहिक उद्घाटन गर्नुभएको हो 

हस्पिटलको उद्घाटन पश्चात बोल्दै पूर्वमन्त्री तथा संघीय सांसद खनालले अब बाणगंगामा प्राइभेट सेक्टर र सरकारी सेक्टर दुबै मिलेर नागरिकको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो । सरकारको मुख्य लगानी स्वास्थ्य क्षेत्र हुन नसकेको भन्दै उहाँले नेपालीले सर्वसुलभ स्वास्थ्य उपचार पाउन नसक्नु राज्यकै कारण भएको बताउनुभयो ।   शिक्षा, स्वास्थ्य र रोजगार सरकारले नैै उपलब्ध गराउनुपर्ने  उहाँले वताउनु भयो।

संघीय सांसद मुसलमानले यो हस्पिटलले छिमेकी जिल्लाका सम्पूर्ण भागलाई समेट्न सक्ने र पाएक पर्ने ठाउँमा रहेको बताउँदै यसले व्यवसायिक गति लिने विश्वास व्यक्त गर्नुभयो । यस्ता अत्याधुनिक अस्पताल यहाँ संचालनमा आउनु कपिलवस्तुवासीका लागि मात्र नभएर छिमेकी जिल्ला अर्घाखाँची, दाङ, प्युठान लगायतका जिल्लाका बासिन्दाको लागि पानि लाभदायक हुने उहाँले बताउनु भयो। 

लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले जिल्लामै राम्रा सेवा सुविधा सम्पन्न अस्पताल भए पनि जिल्लाबासी त्यसको भरोसा नलागेर अन्यत्र जाने गरेको भन्दै यस्तो ठाउँमा अस्पताल खोल्नु निकै गाह्रो कुरा भएको बताउनुभयो । अब युनाइटेड हस्पिटलले विरामीको सुविधामा कुनै कन्जुस्याई नगरि काम गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।   

कार्यक्रममा वाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणि अर्याल, राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष मित्रलाल शर्मा, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष दोलक घिमिरे, नगरका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम भट्टराई, नागरिक समाज कपिलवस्तुका अध्यक्ष दोलक बहादुर पछाई, बुद्ध आवाज संचार गृहका ब्यबस्थापक भेसराज पान्डे लगायतका बक्ताले बोल्नुभएको थियो ।  

संचालक सदस्य सरोज अर्यालले आगामी रणनीति र योजना पेश गर्नुभएको थियो। हस्पिटलले हाडजोडनी, महिला रोग र फिजिसियन सहितका ३वटा विशेषज्ञ सेवा संचालनमा ल्याएको छ। ल्याव टेक्नीसीयन स्टाफ नर्स लगायतका कक्षा संचालनमा ल्याउन थालेको छ। एक वर्षमा डायलासिस सेवा लगायत विभिन्न प्रकारका  सेवा प्रदान गर्ने लक्ष्य राखेको प्रबन्ध निर्देशक सुन्दर आचार्यले प्रेस पाटीलाई जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार