१ हजार मध्ये दाङमा १४२ सिलिण्डर पठाइए अन्यन्त्र कति ?

150

बुटवल २८ बैशाख ।  काठमाडौवाट जफत गरेर लुम्विनी प्रदेशकालागि पठाइएका १००० सिलिण्डर मध्ये दाङको बेलझुण्डीमा पठाइएका छन् । लुम्बिनी प्रदेश सरकार मार्फत  पठाएका अक्सिजनका सिलिण्डर दाङ आइपुगेका छन् । अक्सिजनको अभावमा कोरोनाका बिरामीको उपचारमा समस्या भइरहेको समयमा प्रदेश सरकारले पठाएका १ सय ४२ वटा सिलिण्डर दाङ आइपुगेको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण ओलीले जानकारी दिनुभयो ।

अक्सिजनको अभावमा प्रत्येक दिन बिरामीहरु ब्चाउन समस्या भइरहेको समयमा प्रदेश सरकारबाट प्राप्त भएका सिलिण्डरले उपचारमा सहजता थप्ने व्यवस्थापक ओलीले बताउनुभयो । ‘अक्सिजनको अभावमा बिरामी बचाउन गाह्रो भइरहेको थियो । बिरामीको चाप अत्यधिक थियो । अक्सिजन पुर्याउन सकिएको थिएन’, व्यवस्थापक ओलीले भन्नुभयो, ‘प्रदेश सरकारले पठाएका सिलिण्डरले उपचारमा सहजता थप्नेछ । सहयोगका लागि प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेललाई धन्यवाद दिन चाहन्छु ।’

कोरोना विशेष अस्पतालमा दैनिक चार सय सिलिण्डर अक्सिजन आवश्यक पर्ने गरेको भन्दै व्यवस्थापक ओलीले अस्पतालसँग ६५ वटा मात्रै सिलिण्डर भएकाले उपचारमा समस्या भइरहेको बताउनुभयो ।अरु सिलिण्डर कहा पठाइ भन्ने खुलेको छैन । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार