लुम्विनीका २ मन्त्रीले पाए जिम्मेवारी,प्रदेश सभा फेरी स्थगित

378

बुटवल ३० भदौ । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीका दुई विना विभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी पाएका छन् । सरकारका प्रवक्ता कृष्णध्वज खड्काको सचिवालयका अनुसार मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

यता आज बुधबार बोलाइएको लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ । प्रदेश सभाको बैठक यही भदौ ३१ गते बिहिबार दिनको १ः०० बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार