खुला ब्याडमिन्टन प्रतियोगितावाटै नयाँ कभर्डहलको उद्घाटन

175

कपिलवस्तु २४ असोज । कपिलवस्तुमा सदरमुकाम वाहिर पहिलो पटक निर्माण भएको विशाल कभर्डहल निर्माण सम्पन्न पश्चात नयाँपनका साथ उद्घाटन गर्न खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ स्थित ओदारी कभर्ड हलमा आजबाट खुल्ला व्याडमिन्टन प्रतियोगिता  हुन लागेको हा  ।

    ओदारी ब्याडमिन्टन संघको आयोजनामा पहिलोपटक बाणगंगा नगरस्तरीय प्रथम वडाकप खुल्ला प्रतियोगिता हुन लागेको हो ।आज विहान १० बजेबाट ओदारी कभर्ड हलमा सुरु हुने प्रतियोगितामा ४० जोडी अर्थात् ८० खेलाडीले भाग लिएका छन् । खेल अघि कभर्ड हलको उद्घाटन हुने बताइएको छ । खुल्लातर्फ ३३ र ४० बर्ष माथिका ५ टोलीले भाग लिएको खेल संयोजक राजेश चौधरीले जानकारी प्रेसपाटीलाई दिनुभयो ।

    संघका अध्यक्ष मनोहर कुमार योगीका अनुसार समुहबाट विजयी हुने टोलीले १६ हजार र उपविजेता टोलीले ८ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् ।यता बाणगंगा क्षेत्रमा छोटो समयमा कमर्डहल वनेर खेलकुद संचालन हुने चरण आएसंगै खेलप्रेमी उत्साही भएको नगरका उपमेयर चक्रपाणी अर्यालले वताउनु भयो । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार