१५ दिनभित्र बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल नेपाल आइपुग्ने

121

काठमाण्डौ १५ माघ । अबको १५ दिनभित्र बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल नेपाल आइपुग्ने भएको छ ।केही महिनाअघि नै मल ल्याउनेबारे नेपाल र बंगलादेशका सरकारी अधिकारीबीच छलफल भएको भए पनि विभिन्न प्राविधिक कारणले मल ल्याउन ढिलाइ भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।यसअघि नै सरकारले बंगलादेशबाट मल आयात गर्ने बताए पनि मल आउन ढिलाइ भएको हो ।

अबको १५ दिनभित्र भने सबै मल आइसक्ने मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बताउनुभयो ।यो वर्षका लागि किसानहरुलाई रासायनिक मल नपाउने समस्या नहुनेगरी प्रक्रिया अघि बढाइएको र अहिले मलको अभाव नरहेको पनि सचिव कार्कीको भनाइ छ । यस्तै विदेशबाट ल्याइएको मल भण्डारणका लागि सातै प्रदेशमा प्रक्रिया थालिएको पनि उहाँले जानकारी दिनुभयो ।

भारतललगायत देशबाट जीटूजी मोडलमार्फत मल ल्याएर किसानलाई वितरण गर्न लागिएको मन्त्रालयले जनाएको छ । यस्तै सरकारले यो वर्ष साढे ४ लाख मेट्रिक टन रासायनिक मल ल्याउनका लागि आर्थिक व्यवस्थापन गरिसकेको जनाएको छ ।किसानको माग साढे ७ लाख मेट्रिक टन रहेको भए पनि तत्काललाई साढे ४ लाख मेट्रिक टन मलका लागि मात्रै पैसाको बन्दोबस्त भएको मन्त्रालयका सचिव कार्कीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार