अर्घाखाँचीमा अबरुद्ध सडक खुल्यो

147

अर्घाखाँची ६ साउन अविरल बर्षाका कारण पहिरो जाँदा अवरुद्ध भएको गोरूसिङगे सन्धिखर्क सडकखण्ड  सुचारू भएको छ । सडकखण्डको शितगंगा १२ सल्लेरीमा माथीबाट पहिरो सहित  खसेको ठूलो ढुङ्गाले सडक अवरुद्ध भएको थियो ।  अहिले पहिरो हटाएर सडक संचालनमा आएपछि  रोकिएका दर्जनौं सवारी साधन आ–आफ्नो गन्तव्य तर्फ लागेका छन् ।

ईलाका प्रहरी कार्यालय ठाडाका सई सालिकराम खनालको कमान्डमा प्रहरीको टोली र  सडक बिभागको डोजरले पहिरो सहित खसेको ढुङ्गा हटाएपछि सडक सुचारू भएको हो । सडकमा पहिरो सहित ठूलो ढुङ्गा खसेको थियो । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार