सरकारका प्रवक्ताले नै किनभने काठमाण्डौलाई कपिलवस्तुवाट सिक भनेर ?

934

कपिलवस्तु २५ असोज    राजधानी शहर काठमाण्डौका बासीन्दालाई निकै पछि परेको जिल्ला कपिलवस्तुवाट सिक्न सरकारका प्रबक्ताले नै आग्रह गरे भन्दा पत्यार गर्न गाह्रो होला । तर सरकारका प्रबक्ता एवम संचारमन्त्री प्रदिप ज्ञवालीले कोरोना ब्यवस्थापनमा कपिलवस्तु, वाँके र विरगञ्जवाट सिकेर अघि बढ्न काठमाडौवासीलाई आग्रह गर्नु भएको छ । उहाले  असोज २२ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा यस्तो वताउनु भएको हो । 

पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले कोरोना भाइरसको महामारीविरुद्धको लडाईंमा काठमाडौं पछि परेको देखिएको भन्दै बिषेश सजकता अपनाउन आग्रह गर्नुभयो । कोरोना नियन्त्रणमा कतिपय जिल्लाको प्रयास उदाहरणीय नभए पनि काठमाडौंको व्यवस्थापनमा भने गम्भीर चुनौती देखिएको ज्ञवालीले बताउनुभयो । उहाले काठमाडौंका आम नागरिक, जनप्रतिनिधि र संघ संस्थालाई कोरोना महामारी नियन्त्रणमा बाँके, कपिलवस्तु, वीरगञ्जजस्ता ठाउँमा अपनाइएको राम्रो अभ्यासबाट सिक्न आग्रह गर्नुभयो । प्रवक्ता ज्ञवालीले ४० लाख जनसंख्या भएको काठमाडौंमा कोरोना भाइरस अनियन्त्रित बनेमा अवस्था भयावह हुने भन्दै संक्रमितको संख्या बढ्दै गएमा स्वास्थ्य संरचनाले नधान्ने पनि बताउनुभयो । मन्त्री ज्ञवालीले यस वर्ष दसैँलगायतका चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको उल्लेख गर्नुभयो । 

यता सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारी साधानमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ ।सरकारका प्रवक्ता ज्ञवालीले ५० हजार डलरभन्दा बढीका सवारी साधनमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको जनाकारी दिनुभयो ।  बैठकले  मदिराको आयात पनि खुला गर्ने निर्णय गरिएको उहाले जानकारी दिनुभयो ।  बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका राजश्वतर्फका सचिव रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार