लकडाउनका बीच लुम्विनी आएका मन्त्री भटराइले २ दिनमा के के गरे ? के अव लुम्विनी खुल्छ ?

104
Pissa Aata

भैरहवा २८ भदौ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले लुम्बिनीको बृहत् विकास गरी विश्वकै शान्तिग्राम बनाउने गरी काम भइरहेको बताउनु भएको छ । यसलाई संसारकै आस्था र शान्ति केन्द्रको रुपमा विकास गर्न सरकारले प्राथमिकताका साथ काम अगाडि बढाएको मन्त्री भट्टराईले बताउनु भयो । समग्र रुपन्देहीको पर्यटन विकास तथा निर्माणधीन आयोजनाको स्थलगत निरिक्षणमा आएका मन्त्री भट्टराईले मायादेवी मन्दिरको दर्शन गर्नुका साथै निर्माणाधीन पाँच हजार मानिस अट्ने अन्तराष्ट्रिय सम्मेलन केन्द्र र रोयल थाइ विहार, चीन, म्यानमार लगायतका विहारहरुको अवलोकन गरेका छन् । 

    दर्शनपछि लुम्बिनीको निरीक्षण गर्दै मन्त्री भट्टराईले केन्जो टाँगेले बनाएको लुम्बिनी विकास कोषको गुरुयोजनाको बाँकी काम अबको साढे २ वर्षमा पूरा हुने बताएका छन् । बिदेशी पर्यटकलाई लुम्विनी भ्रमण गर्न अनुमति दिने सम्वन्धि गृहकार्य अघि बढेको कुरा सो अवसरमा मन्त्री भटराईले बताएका थिय। लुम्बिनी गुरुयोजनाको काम सम्पन्न हुनासाथ लुम्बिनीको विकाससँगै बुद्धको जीवनीसँग जोडिएका अन्य क्षेत्र बुद्ध मावली देवदह, कपिलवस्तु रामग्राम लगायतको विकासलाई समेत सँगसँगै अगाडि बढाउने उहाले बताउनुभयो । मन्त्री भट्टराईलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैेत्तेय शाक्यपुत्त अवधेशकुमार त्रिपाठीले लुम्बिनी गुरुयोजनाको प्रगतिबारे जानकारी गराउनु भएको थियो ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार