छब्बिसेमा सशस्त्र प्रहरीको बिओपी स्थापना

35

नेपाल–भारत सीमावर्ती क्षेत्र छब्बिसेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । इलामको सूर्योदय नगरपालिका–४ को सीमावर्ती मेचीबजार छब्बिसेमा शुक्रबार सशस्त्र प्रहरीको १७३ औँ बिओपी स्थापना गरिएको हो । सीमा सुरक्षासँगै सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले बिओपी स्थापना गरिएको जनाइएको छ । सशस्त्र प्रहरी बल नं १ बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल र इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईंले संयुक्त रुपमा बिओपीको उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी नायब महानिरीक्षक दाहालले स्थानीय समुदायले बिओपी स्थापना गर्न गरेको योगदान सराहनीय रहेको बताउँदै स्थानीय समुदायको मन जित्ने गरी काम गर्न आफू मातहतका प्रहरीलाई निर्देशनसमेत दिनुभयो । इलामका प्रजिअ सेडाईंले उक्त क्षेत्रमा बिओपीको स्थायी संरचना निर्माणका लागि सार्वजनिक जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । इलामको रोङ गाउँपालिकाको तिरिङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलव ५ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा सीमा विवाद छ । छब्बिसे, हिले पुलखोला, सन्दकपुर लगायतका क्षेत्रमा भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गर्दै आएका छन् । रासस

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार