अर्घाखाँचीमा अनौठो पहिरो एकठाउका घर बगेर अर्कै ठाउमा स्थानान्तर

688

अर्घाखाँची ९ असोज । पहिरोको कहरले विभिन्न जिल्ला आक्रान्त बनेका बखत अर्घाखाँचीको शीतगंगामा भीषण पहिरो गएको छ। शीतगंगा नगरपालिका वडा नं १२ को मैदान, जोखलीगैरा र पहरेपानीका करीब १२ घर बगाइसकेको वडाध्यक्ष बाबुराम गैरेले जानकारी दिनु भयो ।उहाका अनुसार सोही क्षेत्रका अरु २५ वटा जति घर जोखिममा छन्। पहिरोले घरहरु बगाइरहेको अवस्था नरोकिएको उहाले जानकारी दिनु भयो ।  पहाडको पखेरामा रहेका घरहरु माथिदेखि बगाउँदै तल झरेका छन्,उहाले  भन्नु भयो (ती घरमा रहेका सबैजनालाई सुरक्षित हिसाबले नजिकको स्कुलमा राखेका छौं, अरु पनि घरहरु बगाइरहेकाले थप सुरक्षाका लागि लागिरहेका छौं।

        वगाएका कतिपय घरहरु एकठाउवाट अर्काे ठाउमा पुगेका छन् । तर पुरै भत्किएका छैनन।  घर बगाएर बिस्थापित भएकाहरुलाई स्थानीय गौरा माध्यमिक विद्यालयमा सुरक्षित हिसाबले सारिएको ।शीतगंगाका प्रमुख सूर्यप्रसाद अधिकारीले भन्नु भयो पहिरो गएको स्थानमा सुरक्षित बनाउन नेपाल प्रहरी, नेपाली सेनासहितको टोली परिचालन भएका छन् । पहिरो धेरै ठूलो गएको छ,त्यहाँ उद्धारको काम जारी छ अधिकारीले भन्नु भयो । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार