तत्कालिन राजा महेन्द्रले ६३ बर्ष पहिले वनाएको गेट भत्काउने प्रकृया शुरु

327


तौलिहवा १३ बैशाख ।हुलाकी सडक आयोजना अन्तर्गत तौलिहवामा १५ मिटर चौडा सडक बन्ने क्रम तीव्र भएसंगै यसले एकातिर तौलिहवाको मुहार फेरिदैछ भने अर्काे तर्फ कपिलवस्तुमा तत्कालिन राजा महेन्द्रले बनाएको महेन्द्र गेट भत्कीने भएको छ ।करिव ७ मिटर चौडाईमा रहेको उक्त गेट बीचमा छाड्दा मापदण्ड अनुसारको सडक नबन्ने भएपछि हुलाकी सडक आयोजनाले अव छिटटै उक्त गेट भत्काउने तयारी गरेको हो ।

यता अधिकारर्मी रवि ठाकुरले उक्त गेट तौलिहवाको एक पहिचान बनेको भएपनि सडक मापदण्ड भित्र परेपछि भत्काउने काम अघि बढ्ने जानकारी तौलिहवावासीलाई भएको वताउनु भयो । सो गेट ६३  बर्ष अघि बनेको हो । ६०० भन्दा धेरैका घरपसल भत्किरहेको अवस्थामा महेन्द्र गेट नभत्काऔ  भनेर  अगुवाई कसले गर्ने उहाले प्रश्न गर्नु भयो । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार