कपिलवस्तमा ६ क्वीन्टल अवैध माछा नष्ट

240

कपिलवस्तु १५ माघ । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा भारतबाट अवैध रूपमा भित्र्याइएको ६ क्विन्टल माछा नष्ट गरिएको छ।बुधवार साँझ शुद्धोधन ६, गदहवाबाट प्रहरीले ८ वटा साइकलमा राखेर भारतीय सीमाबाट नेपाल ल्याउँदै गर्दा ६ क्वीन्टल माछा जफत गरेको थियो।जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका  प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार नेपालमा प्रतिबन्धित माङ्गुर र बैखी जातका ८ क्यारेट माछा समातिएको छ । जफत गरिएको माछाको मूल्य २ लाख ४० हजार रुपैयाँ बराबर पर्छ। सञ्चारकर्मी र जनप्रतिनिधिको रोहवरमा खाडलमा हालेर माछा नष्ट गरिएको प्रहरीले जनाएको छ । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार