एक दुई वर्षपछि म पनि एक्लो हुने हो कि ? :प्रचण्ड

191

काठमाडौं२७ भदौ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिलेकाहीं माओले झैं म एक्लो छु भन्नुपर्ने अवस्था त आउने होइन भन्ने लाग्ने गरेको सुनाएका छन् ।

आइतबार माओवादी नेता परशुराम तामाङको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले माओले पार्टीमा आफू एक्लो महसुस गरेको सम्झिए ।‘संसारभर माओवादीको बिगबिगी छ, माओ माओ भनेका छन् । तर आफ्नै पार्टीभित्र माओले म एक्लो छु भन्ने के फिल गरेछन्,’ उनले भने, ‘कहिलेकाहीं मलाई पनि शायद एक दुई वर्षपछि म पनि एक्लो हुने हो कि ? माओले जस्तै म पनि एक्लो छु भन्नुपर्ने हो कि ? त्यस्तो चित्र दिमागमा आउँछ ।’

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार