कपिलवस्तुको बाणगंगामा धेरै वर्षा ।

177

कपिलवस्तु १५ साउन  पछिल्लो २४ घण्टामा कपिलवस्तुमा सामान्य वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले कपिलवस्तका २ स्थानमा वर्षा मापक राखेको छ । जिल्लाको बाणगंगा नगरपालिका कपिलवस्तु नगरपालिकामा मापन केन्द्र रहेका छन ।

पछिल्लो २४ घण्टामा बाणगंगा नगरपालिकामा १२.४ मिली मिटर वर्षा भएको छ । यसै गरी जिल्ला सदरमुकाम तौलिहवामा ३.५ मिली मिटर वर्षा मापन भएको विभागले जनाएको छ । यो साता भरी बाणगंगामा २०० मिली मिटर र कपिलवस्तु नगरपालिकामा ३६.६ मिली मिटर पानी परेको थियो । विभागका अनुसार ३ दिन अझै वर्षा हुने हुदाँ बाणगंगा र केही सहायक नदीहरुमा वाढी आउने संभावना जनाएको छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार