सिद्धवावा नजिकको तिनाउमा खस्यो मोटरसाइकल २ को अवस्था अज्ञात

302

बुटवल १५ कार्तिक । सिद्धार्थ राजमार्गको  बुटवल तानसेन सडक खण्ड अन्तरगत सिद्धबावा नजिकैबाट तिनाउ नदिमा मोटरसाईकल खसेको छ ।केहिबेर अघि भएको उक्त दुर्घटनामा मोटरसाईकलमा सवार  २ जनाको अवस्था अज्ञात छ ।

    लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार करिब ७ः२० बजेको आसपासमा तिनाउ नदिमा  मोटरसाईकल खसेको भन्ने सुचनाका आधारमा प्रहरीले घटनास्थलमा खोजी गरेको र नदि किनारमा जान नसकिएको कारण बिस्तृत बिवरण आउन नसकेको बताएको छ ।

 तिनाउ नदिमा मोटरसाईकल र त्यसमा सवार २ जना खसेको सुचना पाएका छौ रातिको समय भएकोे र अप्ठ्यारोमा खसेकोले उद्धारका लागि नदिमा पुग्न सकिएको छैन उद्दारको प्रयास भईरहेको छ ट्राफिक प्रहरीका सुचना अधिकारी डिल्ली नारायण पाण्डेले भने । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार