अति विपन्न सुत्केरी आमाको लागी तागतिलो खानेकुरा सहयोग ।

78
Pissa Aata
कपिलवस्तु भदौ २७
बुद्धभुमी नगरपालिका ३ मा रहेको अति विपन्न चौधरी परिवारलाई ताजतिलो खानेकुरा सहयोग गरीएको छ । प्रेसपाटीमा समाचार प्रकाशन भएपछि निरही थारुको परिवारलाई सहयोग गरीएको हो । निरहीका पत्नी यही महिनामा प्रसुती हुनु भएको थियो । लकडाउनले रोजगारी गुमेपछि हात मुख जोर्न धौं धौं परेको थियो ।
समाचारका कारणले कालिका स्वावलम्वन सामाजिक संस्थाले खाद्यान्नको प्याकेज उपलव्ध गराएको थियो । प्याकेजमा अण्डा, आटा, दाल, चनाका साथै शिशु स्याहारका सामाग्री समेत सहयोग गरेको सुहारा कार्यक्रममा फोकल पर्सन कृष्णराज शर्माले वताउनु भयो ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार