अस्ताउदो सूर्यलाई अर्घ संगै छठिमाता र कोरोना देविको पूजा

234

कपिलवस्तु ५ मंसिर कोरोना संक्रमणको महामारी बिच अस्ताउदो सुर्यलाई अर्घ दिदै कपिलवस्तुमा पनि सतर्कताका साथ शुक्रवार छठ पर्व मनाईएको छ । कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित सझीया घाटकारुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटम  छठी माता र कोरोनादेविको पुजाआजा गर्दै यो पर्व मनाईएको हो

     यस्तै कृष्णनगर, बहादुरगंज लगायधका स्थाामा रहेको पोखरीमा समेत भक्तजनहरुले सुर्यको बिशेष पुजापठा गरी  सामुहिकरुमा यो पवै मनाएका हुन । कोरोना महामारी कै बिच भक्तजनहरुले त्यसको पर्वाह नगरी बिना मास्क र स्वास्थ्य मापदन्डको पालना नगरी सामुहिक पुजापठामा ज्टेका  हुन । प्रशासन कार्यालयले घर घरमा पर्व मनाउन गरको आग्रहलाई उनीहरुले कुनै वास्ता गरेनन । यधपी यस बर्ष भने गत बर्षको तुलनामा भक्तजनहरुको संख्या भने कम थियो 

     यस बर्ष कोरोनाले गर्दा भक्तजनको संख्या घटे पनि आस्था भने नघटेको पुजा ब्यवस्थापन समितिका अध्यक्ष गणेशलाल कर्णले बताए । भक्तजनह जम्मा भएर सामूहिकरुपमा पुजापाठ समेत गरेका थिए । पुजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदमयकासहभागी थिए । बिशेष पुजाको अवसरमा उनीहरुले सुर्य र छठी माताको आराधना समेत गरेका थिए । छठमा उपबास बसी  पुजाआजा गर्नाले पारिपार सुख संबृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरुको बिश्वास छ । 

    उनीहरुले उक्त नदीमा पुजा गरी प्रससादका रुपमा आज बासको सामग्रीमा अध्र्य दिएर केरा, ठेकुवा र भसुवा, मूला, केरा, उखु लगायतका  परिकार चढाएका थिए ।  छठ पवका लागि पुजा ब्यवस्थापन  समिति गठन गरी जमुहार र रामघाट नदीमा पुजाआजाका लागि बिशेष ब्यवस्था गरेको थियो । समितिले टेन्ट, लगायतका सामग्रीहरुको ब्यस्था गरेको थियो । चार दिन सम्म मनाईने छठ शनिवार बिहान संपन्न हुदैछ । बुधवार  चोखो भोजनग्रहणगर्ने, बिहीवार सुयास्त पछि एक छाक खाने, शुक्रवार अस्ताउदो र शनिवार उदाउदो सुर्यलाइृ अध्र्य दिने चलन छ । पुजा स्थलको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरिएको थियो । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार