दोभान बजारमा लागेको भीषण आगलागीबाट ५० घर जलेर नष्ट

190

ताप्लेजुङ १८ फागुन। ताप्लेजुङको मेरिङदेन गाउँपालिका अन्तर्गत दोभान बजारमा लागेको भीषण आगलागीबाट ५० घर जलेर नष्ट भएका छन् ।आगलागीबाट ती घरमा रहेका करिब १ सय २० वटा पसलहरु जलेका स्थानीयले बताएका छन् । बस्तीमा लागेको आगो केही नियन्त्रणमा आए पनि बजारभन्दा माथिको भीरमासमेत आगो लाग्नथालेपछि खतरा झनै बढेको प्रहरीले जनाएको छ । अहिले बजारको बीच भागमा रहेका घरहरु भत्काएर केही हदसम्म आगो नियन्त्रणमा ल्याइएको छ । स्थानीय भोला पौडेलको घरबाट विद्युत सर्ट भएर आगो लाग्न सुरु भएको स्थानीय हरि काफ्लेले बताउनुभयो ।

आज बिहानदेखि लाग्न थालेको आगो करिब १२ बजेदेखि केही हदसम्म नियन्त्रणमा लिइएको छ ।स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको उपस्थितिमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो भित्रभित्रै बलि रहेकाले अझै सल्कने सम्भावना रहेको प्रहरीले जानकारी दिएको छ।दोभानमा करिब एक सय बढी घरहरु रहेका छन् । आगलागीबाट भएको नोक्सानीको वास्तविक तथ्याङ्क आउन धरै समय लाग्ने जिल्ला प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले बताउनुभयो।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार