एमाले अध्यक्ष ओलीको आज बुटवलमा संबोधन,३ वटा टेलिभिजनवाट प्रत्यक्ष प्रशारण

465

बुटवल ३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि बुधबार बुटवल आउने भएका छन् । बुटवल एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली आउन लागेका हुन् ।  भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल तथा अन्य स्थायी कमिटी सदस्यहरूले सम्बोधन गर्ने चापागाईंले जानकारी दिए । यसैबिच उक्त ओली आउने कार्यक्रमको प्रत्यक्ष प्रशारण लुम्विनीका ३ वटा सामुदायिक टेलिभिजन हरुले प्रत्यक्ष प्रशारण गर्नेछन् । जस अनुसार बुद्ध आवाज एचडी कपिलवस्तु, लुम्विनी टेलिभिजन रुपन्देही र बुद्ध टेलिभिजन बुटवलले १ वजेपछि प्रत्यक्ष प्रशारण गर्ने बुद्ध आवाजका ब्यवस्थापक  भेषराज पाण्डेले बताउनुभयो । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार