नेपाल र नारायणकाजी सहितका प्रभावशाली नेता दाङको संगठन सुदृढीकरणमा

163
दाङ ३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहितका प्रभावशाली नेताहरु दाङ आउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न राजनीतिक अस्थिरता तथा पार्टी विभाजन सम्मको पछिल्लो राजनीतिक घटनाक्रमलाई आम कार्यकर्ताका बीच पुर्याउनका लागि नेपाल कम्युनिस्ट पार्टी नेकपा दाङद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, पूर्व सभामुख तथा नेकपाका प्रभावशाली नेता कृष्णबहादुर महरा र नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञावली पनि दाङ आउन लागेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा दाङले दाङको तुलसीपुर स्थित तुलसीपुर उद्योग वाणिज्य संघको सभा हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न दाङ आएका पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष माधवकुमार नेपाल सँग भोलि शनिबार बिहान ८ बजे दाङ घोराहीको होटेल मालाइनमा पत्रकार सम्मेलन गरिने प्रेस संगठन दाङका कार्यालय सदस्य पाण्डव प्रसाद शर्माले बताए ।

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार