आमाद्धारा छोरीको हत्या , आत्महत्या गर्ने प्रयास

171

भैरहवा ११ फागुन । रुपन्देहीको मायादेवी गाउँपालिकामा आमाले छोरीको हत्या गरेकी छन्। मायादेवी वडा नम्बर ३ हरहरवाकी २१ वर्षिय प्रेमा यादवले आफ्नै छोरीको हत्या गरेकी हुन्। छोरीको हत्या गरेर उनले आत्महत्या गर्ने प्रयास गरेकी थिइन्। आइतबार राती ९ बजे एक बालिकाको संकास्पद मृत्यु भएको आफन्तले नजिकैको खोलामा लागी शव गाडेको भन्ने खबर प्राप्त गरेपछि प्रहरी सव गाडेको ठाउँमा पुगेको थियो। दानव खोला नजिक शंकास्पद ठाउँमा खनेर हेर्दा बालिकाको शव गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ। घाटीमा शंकास्पद दाग देखा परेको उक्त बालिकाको मृत्यु सामान्य नभएको देखिएपछि पोष्टमार्टमको लागि भैरहवा भिम अस्पताल पठाइएको थियो । 

मृतककी आमा प्रेमा यादवले पहिले छोरीको हत्या गरी आफुले आत्महत्या गर्ने मनसाय बनाई आफ्नो कोठामा रहेको पंखामा बाधीएको डोरीले बालिकाको घाँटीमा बाधी हत्या गरी आफुले समेत सोही डोरी मार्फत आत्महत्या गर्ने प्रयास गरेकी थिइन्। प्रेमा कि नन्दले आत्महत्या गर्न खोजेको देखेपछि डोरी काटी बचाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सत्यनारायण थापाले जानकारी दिए । घटनामा रुपन्देही मायादेवी गा।पा।३ हरहरवाको मृतककी आमा प्रेमा यादव , ससुरा बुद्धिराम यादव, सासु राजमती यादव, श्रीमान राज कुमार यादव र प्रेमाको साथी भनिएको प्रेमी लुम्बिनी सांस्कृतिक न.पा. ९ का प्रदिप चौधरी अहिले प्रहरी नियन्त्रणमा छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

घट्ना  विवरण 

प्रेमा यादव र लुम्बिनी सांस्कृतिक नगरपालिका ९ बस्ने प्रदिप चौधरी बीच प्रेम सम्बन्ध थियो । प्रेम सम्बन्ध भएपनि प्रेमाको विवाह राजकुमार यादव सँग भयोे । विवाहको ७ महिनामै बच्चा जन्मिएपछि श्रीमानले श्रीमती माथी शंका गर्न थाले । सोही विषयलाई लिएर दुबै विच केही समय खटपट र झगडा भए पनि अअवस्था सामान्य हुदै गयो । केही समय पछि प्रेमाको अर्को पुरुषसँग प्रेम सम्बन्ध रहेको र उनीहरुबीच कुराकानी हुने खबरको सुइको पनि राजकुमारले पाए । श्रीमान श्रमतीको खटपटको विषयमा पनि प्रेमा र प्रदीपबीच कुरा भइरहेको राजकुमारले थाह पाए । 

उनीहरु बीच झगडा हुन थाल्यो, श्रीमतीमा एकोहोरीने र माइग्रेशनको समस्या जस्तो देखिन थाल्यो । तनावमा रहेकी प्रेमाले छोरीलाई मार्ने र आफु पनि मर्ने योजना बनाइन्।घरमै दुवै जना एउटै पासोबाट हत्या र आत्महत्या गर्ने योजना बनाई एका तर्फ छोरीलाई पासो लगाई अर्को तर्फ आफु आत्महत्या गर्ने प्रयास गरिन्। हत्या र आत्महत्याको प्रयास गरेकी उनको योजना विफल भयो । छोरीको तत्काल मृत्यु भएपनि प्रेमाको आवाज सुनेर उनको नन्दले डोरी काटेर ज्यान बचाइन्। परिवारको सदस्यहरु मिलेर एक वर्षिय बालिकालाई नजिकै नदी किनारमा लगेर गाडे पछि घटना बाहिरीयो।     

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार