बिष्फोटक पदार्थ बरामद, लागु औषध सहित युवक पक्राउ

188

कपिलवस्तु २६ असोज।कपिलवस्तुको कृष्णनगर बाट प्रहरीले एक युवकलाई लागुऔषध सहित पक्राउ गरेको छ । शनिवार साँझ कृष्णनगर नगरपालिका वडा २  गोलघर बाट प्रहरीले प्युठानको सरमारानी गाँउपालिका वडा नं. १ बस्ने बर्ष २५ को यासिन मियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले बताउनुभयो । मियाँले बोकेको झोलाबाट नाईट्राभेट १० ,लेखेको दुई सय उनान्सय ट्याब्लेट,  ट्रामोल ५० ,लेखेको २० पत्तामा प्रति पत्ता १० क्याप्सुलका दरले जम्मा २०० ( दुई सय ) क्याप्सुल फेला पारेको प्रहरीले जनाएको छ ।

    उक्त लागुऔषध भारतबाट ल्याएको हुनसक्ने जनाइएको छ । मियाँलाई जिल्ला अदालत कपिलवस्तु बाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको भण्डारीले बताउनुभयो ।यता गुल्मीको रेसुङ्गा नगरपालिका ३ स्थित संरक्षित वनको गौशला क्षेत्रबाट प्रहरीले दुई वटा मोटरसाइकल सहित बिष्फोटक पदार्थ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारराज पन्तका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले शनिबार राति लु. ३६ प ४८५६ र लु. १६ प १९१७ नम्बरको मोटरसाइकलसहित बिष्फोटक पदार्थ बरामद भएको हो । 

    प्रहरीको टोलीलाई देखेपछि घटना स्थलबाट मोटरसाइकल छोडेर मानिहरु फरार रहेको गुल्मी प्रहरीले जनाएको छ । मोटरसाइकलको लेगार्डमा रहेका २ वटा झोलाभित्र बिष्फोट पदार्थ, बिभिन्न इलेक्ट्रोनिक्स सामान र पन्छी प्रजातिको भुत्ला समेत बरामद भएको डीएसपी पन्तले बताउनुभयो ।जिल्ला प्रहरी कार्यालय गुल्मीले बरामद भएका सामग्रीबारे आइतबार सार्वजनिक गर्दै मोटरसाइकल धनीको खोजी कार्य भइरहेको जनाएको छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार