कृषिश्रमलाई सामाजिक सुरक्षामा जोड्न प्रदेशको लगानी

85

परासी १६  साउन । कृषि क्षेत्रमा जनशक्तिको अभाव हुन नदिन प्रदेश नं ५ सरकारले कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । पर्याप्त जनशक्ति परिचालन गरी कृषि व्यवसाय विस्तार र व्यवस्थित गर्न तथा आफ्नै ठाउँमा रोजगारीको सुरक्षा सुनिश्चित गर्न सो कार्यक्रम सञ्चालन गर्न लागिएको प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले वताउनु भएको छ । कृषकले पाखुरामा बल हुँदासम्म काम गर्ने तर बुढेसकालमा भविष्य नै सुनिश्चित नहुने समस्या छ, हामीले पेन्सनसहितको कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको उहाँले वताउनु भयो । 

        यसले रोजगारी बढाउन तथा कृषि क्षेत्रमा जनशक्तिको अभावलाई परिपूर्ति गर्ने विश्वास लिएको वताउनु भयो । यो कार्यक्रमलाई सामाजिक सुरक्षा कोषसँग जोडिने भएको छ । कृषिकर्मीको २० प्रतिशत तलब प्रदेश सरकारले थप्नेछ भने ११ प्रतिशत कोषमा योगदान गरिने जनाईएको छ । कृषकलाई कृषि व्यवसाय विस्तार गर्न प्रदेश सरकारले सहजीकरणसहितको ऋण लगानी गर्ने पनि मन्त्री पौडेलले बताउनुभयो । ऋणवापतको व्याज सरकारले नै तिरिदिने बताउँदै उहाँले चक्लाबन्दी र सहकारी खेतीमा जोड दिन आग्रह गर्नुभयो । 

        यस्तै प्रदेश सरकारले कृषिसँग सम्बन्धित योजना र कार्यक्रम कृषकका घरघरमा पु¥याउन ‘हरित स्वयमसेवक’ परिचालन गर्ने योजना पनि अघि सारेको छ । सरकारका नीति, योजना कृषकको घरघरमा सूचित गर्ने तथा कृषकको समस्यालाई नीतिनिर्माण तहमा पु¥याउन पुलको काम गर्ने गरी प्रत्येक वडामा हरित स्वयंसेवक परिचालन गर्ने कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको हो । 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार