माधव पुगे रावल भेट्न, एकता हुदा साथमै फूटमा अलग : रावल

294

काठमाडौं, ६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी नेता भीम रावललाई भेट्न उनको निजी निवास टोखा पुगेका छन् । रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसदबाट राजीनामा दिएका थिए ।

उनी नेपालले बोलाएको आजको स्थायी कमिटी बैठकमा नआएपछि नेताहरूले भेट्न दिएको सुझाव अनुसार नेता नेपाल रावललाई भेट्न टोखा पुगेका हुन् ।

३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा विपक्षमा मतदान गर्ने भन्नेमा कुरा नमिल्दा रावलले सांसद पदबाट राजीनामा दिएका थिए ।           पार्टी एकताको १० बुँदे सहमति जुटाएको कार्यदलमा रावल नेता नेपालतर्फका संयोजक थिए ।रावलले एकता हुदा साथमै रहेको वताउदै फूटमा साथ दिन नसक्ने प्रस्ट्याएका छन। 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार