कैलालीमा गरिएको परिक्षणमा मंगलबार थप २० जनामा संक्रमण पुष्टि

78

कैलाली ३१ चैत्र । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार थप २० जनामा संक्रमण पुष्टि भएको छ । ४९ नमुनाको परीक्षण गर्दा थप २० जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा धनगढीका ८ जना महिला, ९ जना पुरुष, कञ्चनपुरको बेलौरीका १ जना पुरुष र कैलालीको भजनीका २ जना महिला रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटी लाई जानकारी दिए । कोरोना संक्रमित मध्ये २ जना भेन्टिलेटर, १ जना आईसीयू र २ जनाको आईसोलेसनमा उपचार भइरहेको उनले बताए । अन्य भने होम आइसोलेशनमै रहेका छन् । 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार