रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

237

भैरहवा ६ मंसिर । रुपन्देहीमा आज  थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सियारी गाउँपालिका(४ की ६५ वर्षिय महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने २४ गते अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारकै क्रममा शनिबार दिउँसो सवा २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। नारायण पोखरेलेलले जानकारी दिए ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या १०३ पुगेको छ ।


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार