स्थानीय सरकारको नयाँ काम :कृषि उपज किनि दिन्छ ठाँउका ठाँउ

155
Pissa Aata

गुल्मी २७ भदौ  गुल्मीको धुर्कोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषियोग्य उपज खरिद गर्ने भएको छ। ग्रामीण भेगका किसानले उत्पादन गरे पनि बजार नपाएका वस्तुलाई खरिद गरी किसानहरुलाई हौसला सँगै व्यवसायिक कृषिमा युवालाई आबद्ध गर्न यसो गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले जानकारी दिए। 

        स्थानीय स्तरमा उत्पादित कृषि उपजहरु उपभोग नहुँदा सडेर जाने गरेको अवस्थामा ग्रामीण कृषि उद्यमशीलता बुटवल र धुर्कोट गाउँपालिकाबीच सम्झौता भएपछि गाउँपालिकाले कृषि उपज खरिद गर्ने भएको हो। अहिले किसानले जति पनि उत्पादन गरेका कृषि उपज ग्रामीण कृषि उद्यमशीलताले नै लैजाने गरेको गाउँपालिकाका उपाध्यक्ष शिव बहादुर खत्रीले बताए। 


कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार