प्रेम र विवाहबिचको अन्तरसम्बन्ध !

989
Pissa Aata

राजनीतिक समस्या , आर्थिक समस्या , बेरोजगारका समस्या , जातिय विभेदका समस्या , स्वतन्त्रताका समस्या , भ्रष्टाचारका समस्याको साथै अराजकता र अनुशासनहिनताका समस्या त हामिकहाँ विद्दमान छदैं थिए । त्यस्को साथसाथै अर्को एउटा समस्या पनि हामिकहाँ थपिएको छ , त्यो भनेको बिहेवारी र प्रेम बारेको समस्या । समाज परिवर्तनको क्रममा हाम्रो समाज आर्थिक दृष्टिले सामन्तवादी उत्पादन प्रणाली र पुँजिवादी उत्पादन प्रणाली बिचको संक्रमणमा रहेको छ भने विवाह र प्रेमको सम्बन्धमा पनि संक्रमण कालको स्थितिबाट हामि गुज्रिरहेका छौं । यतिबेला न त मागी विवाह न त प्रेम विवाहको बिचमा हामी रहेका छौं । सञ्चार , यातायात , क्याम्पस , कलेज र  नोकरिहरुमा छोरिहरुको बढ्दो उपस्थिति र भेटघाट ,  फेसबुक तथा मोबाइलमा हुने बाक्लो उपस्थितिले गर्दा प्रेम बस्न सक्ने प्रशस्त  सम्भावनाहरु रहेका छन तर समाजको पुरानै चेतनाले गर्दा उनिहरुको त्यो पवित्र प्रेमको बिचमा धर्म, योग्यता र वर्ग हैसियत अवरोध बन्ने गर्दछ जस्ले गर्दा उनिहरुको त्यो पवित्र प्रेम विवाहमा उपान्तरण हुन सक्दैन । भइहाल्यो भने पनि ती सूचकांकहरु मेल खाएका छैनन भने नातागोता र परिवारले स्वीकार नगर्दा ती विवाहहरु बिचमै असफल हुने गरेका छन । यो समस्या जनजातीहरुमा अत्यन्तै न्यून रहेको छ । यो विषय अर्थात प्रेम र विवाहको सम्बन्धमा जनजातिहरु हामि खस आर्य भन्दा  प्रगतिमा रहेका छन । उनिहरुमा केटाकेटिले रोजेर गरिएको विवाह वा प्रेम अभिभावकलाई मन परेन भने बढिमा केही वर्ष ढोगभेट रोकिने कुरा मात्र हो । बांकी सबै ठिकठाक अगाडि बढ्दछ । दुई तिनवटा छोराछोरी जन्माइ सकेपछि पनि  दुलाहा वा दुलही बन्ने लगन जुर्न सक्दछ , कुरा त्यत्ती मात्र हो ।
             खासगरी हामी बाहुन , क्षेत्री , ठकुरिहरुमा यो समस्या अलि जटिल प्रकृतिको छ । यतिबेला पच्चिस तीस वर्ष उमेर समुहको हालको छोरा र छोरीको तथ्यांक निकाल्ने हो भने छोरिहरुको भन्दा छोराहरुको संख्या बढी भएको जस्तो  देखिन्छ । मेरो विचारमा  यसो हुनाको कारण  बाईस पच्चिस वर्ष अगाडि गर्भमा छोरि छन भने गर्भमा  भ्रुण हत्या गर्ने चलन अत्याधिक मात्रामा थियो , त्यही कारणले त्यो उमेर समुहका छोरिहरु जन्मन नै पाएनन कि जस्तो मलाई लाग्दछ । त्यसैले यतिबेला त्यो उमेर समुहका छोराहरुको संख्या बढी देखिएको छ । यो विवाह सम्बन्धी समस्या भारतमा पनि गम्भीर रुपमा देखा पर्यो , त्यसैले तपाईं दिल्ली , कलकत्ता वा बम्बइबाट प्रकाशित हुने दैनिक पत्रीकाहरुमा वधुको आवश्यकता वा बरको आवश्यकता भनेर पचासौं केटा र केटिको नाम , उमेर , योग्यता , गोत्र र उचाइ सहितको विज्ञापन गरेको देख्नुहुन्छ  भने प्रत्येक सहरहरुमा पचासौं म्यारिज  ब्युरोका अफिसहरु खुलेको हामी देख्दछौं । तर हामिकहाँ भने यी दुबै ब्यवस्था छैन तर युवा युवतिको उमेर भने दिनानुदिन बढ्दै गइराखेको छ । समयमा वैवाहिक बन्धनमा नजोडिदा जिम्मेवारी बोध नहुने र बडि स्वतन्त्रताले गर्दा बिग्रने समस्या र मनोरोग समेत देखापर्ने स्थिती रहन सक्दछ ! यो उमेर समुहको जोडि कसरी मिलाउने हो सबैले चिन्ता गर्नुपर्ने अवस्था छ  ।
                 अहिलेसम्म मैले पचास भन्दा बढी युवायुवतिको सम्बन्ध जोडिदिएको अनुभव छ । अधिकांशका घरजम भएका छन , माया प्रिति , छोराछोरी सबै ठिकठाकै चलेको छ , उनिहरुले एक कल फोन गर्ने जाँगर पनि गर्दैनन् तर एक दुइजनाको घरबार ठिकठाक बनेन वा सम्बन्ध सुमधुर भएन भने जीवनभर सम्बन्ध जोडिदिने ब्यक्ती नै दोषी भइरहने प्रचलन हामिकहाँ विद्दमान रहेको छ ।
               यतिबेला थुप्रै अभिभावकहरुले छोराछोरीको विवाह गरिदिनको लागि अनुरोध गर्नुभएको छ । उहाँहरुको भनाइ राम्रो कुल , राम्रो खान्दान , राम्रो  स्वभाव भएकी  कन्या अथवा राम्रो स्वभाव भएको वरको ब्यवस्था गरिदिन भन्नुहुन्छ । यो कुरा त ठिकै छ , कुल पनि मिल्दोजुल्दो हेरौंला , धर्म अनुसार विषय मिल्ने नमिल्ने पनि हेरौंला  , उमेर जागिर  र पढाइ पनि हेरौंला तर सम्बन्धित ब्यक्ती भित्रबाट राम्रो छ कि खराब छ भन्ने कुरा कसरी थाहा पाउने ! मानिसको भित्रि स्वभाव नाप्ने यन्त्र विज्ञानले अहिलेसम्म विकास गरेको छैन । मेरा छोरिहरु मेरा लागि अत्यन्त राम्रा छन । आफ्ना छोरीहरु बाबू आमाको लागि राम्रै हुने गर्दछन किनकी उनिहरुको खास टक्कर बाबू आमा , दाजु वा मामाहरुसगँ परेको हुदैन । मेरा छोरी कस्ता छन भन्ने कुरा उसैलाई थाहा हुन्छ जोसगँ उनको सम्बन्ध जोडिएको  हुन्छ । मेरो छोरा कस्तो छ भन्ने कुरा मलाई भन्दा बढी जानकारी मेरि बुहारीलाई हुने गर्दछ । मेरि श्रीमती उनका बाबा आमाका लागि अत्यन्तै राम्री छिन , तीन भाइकि एउटि बहिनी दाजुहरुको निम्ति पनि तिनी सार्है गतिली छन । वहाँहरुले आजसम्म पनि उनलाई मैयाँ भनेर सम्बोधन गर्नुहुन्छ । खासमा उनी कस्ति  छिन  त भन्ने कुरा मसगँ नै उनको टक्कर पर्ने हुनाले मलाई बढी अनुभव छ । यो कुरा मेरो लागि पनि साँचो हो , तपाईहरुको दृष्टिमा म सारै राम्रो देखिन्छु होला तर साँच्चै नै म कस्तो छु भन्ने कुरा उनलाई नै अर्थात मेरि श्रीमतिलाई नै बढी अनुभव छ । यो कुरा सबैको लागि सत्य हो । त्यसैले विवाह भनेको नेपालको सन्दर्भमा एक प्रकारको जुवा हो किनकी हामी कहाँ महिनौं छलफल गरेर सबै विषयहरुमा निष्कर्षमा पुगेर विवाह हुने गर्दैन । एउटै बाबुका छोरिहरु वा छोराहरु भनेर पनि हुँदैन । हामि छ बहिना दिदी भाइहरु छौं , एकको स्वभाव अर्कोसगँ मेल खादैन ।
                         विवाहयोग्य युवा युवतिसगँ मेरो आपत्ती यो कुरामा छ कि उमेर मिलेको हुनुपर्छ त्यो कुरा ठिक छ , पढाइमा विषय मिलेको हुनुपर्छ त्यो पनि  ल ठिक छ , वर्गिय  स्थितिको कुरा पनि ल ठिकै छ , यी सबैकुरा मेल खाइ सकेपछी अनि होचो , अग्लो , कालो , गोरो , नेप्टो , चेप्टोको विषय उठाएर पात्रलाई रिजेक्ट गर्ने कुरा पटक्कै राम्रो हुन सक्दैन ।   रुपमा सुन्दर भएकाहरु मात्रै चरित्रवान , लगनशील हुन्छन भन्ने कुरा पनि यथार्थतासगँ मेल खादैन । विवाहमा रुपको महत्व बारे यत्ती हो कि विवाहको एक महिनासम्म रुपको व्यापक चर्चा हुनेछ , सुन्दरताको बारेमा पनि प्रशंसा  होला । विवाहपछि यदि रुपवान ब्यक्तिसगँ गुण र शिल स्वभाव यदि छैन भने त्यो रुप वा सुन्दरता फिका पर्दै जानेछ । मुख्य विषय चरित्र , शिलस्वभाव र गुणको कुरा हो । रुप भनेको क्षणिक हो र सहायक पक्ष हो । यो कुरा नयाँ पुस्ताका युवा युवतिले गम्भिरता पुर्वक  बुझ्न आवश्यक  छ ।   
        यतिबेला मसगँ पचास भन्दा बढी अभिभावकहरुले आफ्ना सन्ततिको लागि जोडि खोजिदिन अनुरोध गर्नुभएको छ । बडो मुस्किलसगँ अर्को  अभिभावकसगँ कुरा गर्यो , उनलाई  सहमतिमा ल्याउन पर्यो  , उमेर, पढाइ , थर, नाता पर्ने वा  नपर्ने , सबै कुरा हेरेर  कुरा अर्को पात्रमा लग्यो । ती  अर्को पात्रले युवा हुन वा युवतीले  फेसबुकमा सम्बन्धित पात्रको  फोटा हेरेर मलाई यो पात्र मन परेन अर्को खोज्नुहोला भनेर भन्ने गरेका थुप्रै दृष्टान्तहरु छन  । उनिहरुमा अरु विषयको सूचकांक कस्तो छ भन्ने कुराको हेक्का नराख्ने ,   सुन्दरतामा मात्रै जोड दिने चिन्तन प्रणालीले काम गरेको देखिन्छ । यसरी अभिभावकहरुले उनको लागि खोजेको पात्रलाई  पाच सात ठाउँसम्म अस्विकृत गरेका घटनाहरु छन । त्यसले अभिभावकहरुलाइ निरासा बनाएको सन्दर्भ छ ।
                    प्रेमको परिभाषा नेपालको सन्दर्भमा अपुर्ण रहेको छ ।  हामिकहाँ स्वतन्त्रता पुर्वक प्रेम र प्रेमविवाहहरु अगाडि बढ्न सक्दैन । युरोप अमेरिकि मुलुकहरुभन्दा जसरी हामी उत्पादन प्रणालिमा पछाडी छौं,  ठिक त्यसरी नै प्रेम र विवाहको सम्बन्धमा पनि विद्दमान उत्पादन प्रणालिले चेतनामा पारेको प्रभावका कारण स्वतन्त्रता पुर्वक प्रेम र प्रेमविवाहहरु आफ्नो उच्चतामा पुग्न सक्दैनन । प्रेम  भन्ने कुरा योजना बनाएर गरिने कुरा होइन , यो आकस्मिकतामा संयोगले हुने कुरा हो । प्रेममा आकर्षण र  भावना प्रधान रहेको  हुन्छ र यदि त्यहाँ विवेक प्रयोग भएको छैन भने प्रेम र त्यसपछिको विवाह चिरस्थायी नहुन पनि सक्दछ किनकी प्रेममा  वर्गिय हैसियत , धार्मिक विषय र जात विशेषको भुमिकाले परिवारमा पार्न सक्ने प्रभाव र समाजले हेर्ने दृष्टिकोणले समस्या उत्पन्न गर्न सक्दछ । हामी देख्दछौ कि धार्मिक बेमेलका कारण ,  आर्थिक बेमेलका कारण र जातविशेषका कारणले  कैयौं जोडिहरुका  प्रेम र प्रेम विवाहहरु असफल भएका र  आत्महत्या र  हत्या सम्म गरिएका घटनाहरु विद्दमान रहेका  छन । त्यसैले प्रेममा रिस्क उठाउनु पर्दछ भन्ने कुरा गरिरँहदा  नेपालको उत्पादन सम्बन्ध र त्यसले निर्धारण गरेको चेतनालाई पनि ध्यान दिएर भावनाको साथै विवेकको प्रयोग गर्दा दुर्घटनाबाट प्रेमलाइ बचाउन सकिन्छ ।
                 अत: मेरो नयाँ युवायुवतिहरुसगँ अनुरोध यो कुरामा छ कि उनको नजरमा कोहि केटा वा केटि आइपुगेको छ र दुबैको मन परेको छ भने  प्रेममा रिस्क उठाउनै पर्छ ,हिम्मत गरौं । खुलेर अभिभावकसगँ आफ्नो कुरा राखौं , सहमती आएन भने प्रेमलाइ बचाउने बिकल्पहरु खोज्ने साहस गर्नै पर्दछ । होइन कतै कहिँ केही कुरा छैन भने असी प्रतिशत कुरा अभिभावकको सल्लाहलाइ आत्मसात गरौं । जोडिहरुको सम्बन्ध धमाधम जोड्न सकिनेछ । होइन भने रामपुरकी दिदिको जस्तै अवस्था नहोला भन्न सकिँदैन । पाल्पामा एकजना पौडेल थरकी १२ सालमा जन्मिएकी म भन्दा एक वर्ष जेठि दिदी रुपमा अत्यन्तै सुन्दर , कद पनि त्यत्तिकै राम्रो तर उनको विवाह भएको थिएन । जन्म घरमै थिइन । मैले एकदिन उनको दाजुसगँ सोधे कि " दाजु ! दिदिको विवाह किन नगरिदिनु भएको ?" दाजुले भन्नुभयो " हेर्नुस सर ! यिनको विवाह गर्ने उमेरमा बिसभन्दा धेरै ठाउँबाट  यिनलाई माग्न आएका थिए , बहिनिले कसैलाई पनि मन पराइनन , उमेर  पनि ढल्यो । माग्न आउन पनि छोडे , विवाह पनि भएन । " आवश्यकताभन्दा बढी स्मार्ट बनियो भने पाल्पाकी दिदिको जस्तो स्थिती हुन सक्दछ । सबैले ध्यान पुराउनु पर्ला । सचेतनाको लागि मैले यसरी  सोचें । सबैले यसरी नै सोच्दा राम्रो हुन्थ्यो कि 

कमेन्ट गर्नुहोस् :

फेसबुकमा लाइक गर्नुहोस् :

सम्बन्धित समाचार